नवलपुर/२७ फागुन-नवलपुरको देवचुली नगरपालिकाले शनिबार स्तरीकृत परिक्षा सञ्चालन गरेको छ । नगरभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुका लागि नगरस्तरीय स्तरीकृत परिक्षा सञ्चालन गरेको हो ।
नगरपालिका शिक्षा शाखाले मुख्य विषयहरुको एउटै प्रश्नपत्र तथा एउटै उत्तरपुस्तिका तयार गरि परिक्षा परिक्षा सञ्चालन गर्ने तयारि गरि परीक्षा सञ्चालन गरिएको थियो । जसमा नेपाली बिषय, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको २०÷२० पूर्णङ्क गरि १०० अंकको प्रश्न पुस्तिका तयार पारिएको छ ।
उक्त स्तरीकृत परिक्षाका लागि देवचुलीका विभिन्न विद्यालयबाट १ हजार ३ सय ६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । नगरस्तरीय स्तरीकृत परिक्षाका लागि देवचुलीमा ५ वटा परिक्षा केन्द्र तयार पारिएको थियो ।



