जिल्ला स्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न

दाङ/२१ फागुन-राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्र्तगत ११ वटा स्कुलको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतियोगितामा रोजी बड्स बाल बाटिका सेकेन्डरी स्कुल लमहीका कमल पन्थी, सविता सुनाम र सुदिप पौडेलले प्रथम स्थान हासिल गरेका थिए । पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुल घोराही दाङका तारा श्रेष्ठ, खुमबहादुर बस्नेत र चुमान महरा दोस्रो स्थान र दाङ भ्याली सेकेन्डरी स्कुल घोराही दाङका प्रयूष पौडेल, मोहन सुवेदी र सुनिता विश्वकर्मा तृतीय स्थान हासिल गरेका थिए ।


सो अवसरमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार नगद सहित प्रमाण पत्र, दोस्रो हुनेलाई १० हजार नगद सहित प्रमाण पत्र र तेस्रा हुनेलाई ५ हजार नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो ।


राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष डा. भीमसेन गिरीको सभापति तथा राष्ट्रिय परीक्षा बोर्ड घोराही दाङका प्रमुख रामलाल खड्काको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्नभएको थियो । प्रमुख अतिथि ख्डकाले विभिन्न विद्यालयबाट सहभागी जनाउनु भएका विद्यार्थी भाईबहिनीहरु, सहभागी गराउनु हुने विद्यालयका प्राचार्यहरु र सहभागी सम्पुर्ण शिक्षकहरुलाई विशेष धन्यवाद दिँदै सरकारी स्तरका विद्यालय पनि निजी स्तरका विद्यालय भन्दा कमजोर नरहेको बताए ।
राप्ती इञ्जिनियरिङ कलेजले लामो समयदेखि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको र समाजमा लुकेर रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताए ।