फेरिल्याण्ड स्कुलको बार्षिक उत्सव : संञ्चारकर्मी तथा जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं/१४ फागुन-बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका विच सम्पन्न गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले फेरील्याण्ड इन्टरनेशनल स्कुल नगरपालिका भित्र शैक्षिक गुणस्तर कायम गर्न र उत्कृष्ट विद्यालय बन्न सफल भएको बताए । विद्यालयले सैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारीक, संस्कार सहितको शिक्षा दिइरहेको बताउँदै अभिभावकलाई राम्रो विद्यालयमा छोराछोरी पढाउनु भएको भन्दै धन्यवाद व्यक्त गरे ।

विशेष अतिधि तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले विद्यालयले विद्यार्थीहरुका लागि सिर्जनात्मक कुराहरुमा पनि ध्यान दिएकोमा खुशी व्यक्त गरे । उनले विद्यालयले दक्ष शिक्षक निर्माणमा ध्यान दिन आग्रह गर्दै दक्ष शिक्षक भए शैक्षिक गुणस्तर कायम गर्न सकिने धारणा व्यक्त गरे ।


विद्यालयका फाउण्डर प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले विद्यार्थीको सर्वाङगिण विकासलाई ध्यानमा राखेर पठनपाठन गरिएको बताए । यो बर्ष मात्रै विविध १२ विधामा अवार्ड जित्न सफल भएको जानकारी दिँदै विद्यार्थीको चाहाना र मनोविज्ञानलाई बुझेर त्यसै अनुरुप उनीहरुलाई पढाइनुका साथै थप सहयोग गरिरहेको बताए ।

विद्यालयले वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान, पत्रकारीता मार्फत शिक्षा क्षेत्रमा योगदान पु¥याएका संञ्चाकर्मी सम्मान, कलाकार लगाएतलाई सम्मान प्रदान गरेको थियो ।