शिक्षा ऐनबारे प्रधानमन्त्रीको चासो

काठमाडौं/२ फागुन-वैशाख दुई गते नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन प्रधानमन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । आगामि शैक्षिक सत्र नजिकिँदै गर्दा मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख लगायतको छलफलमा पाठ्यपुस्तक समयमै पुर्याउन निर्देशन दिएका हुन ।


साथै एनओसीमा देखिएको समस्यालाई कम गर्न समेत निर्देशन दिएका छन् । दाहालले त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा देखिएको समस्यालाई समेत अन्त्य गर्न निर्देशन दिएको बताइएको छ ।


उनले शिक्षा ऐन नआउँदा समस्या भएको बताउँदै यसबारे समस्याको जानकारी दिन समेत आग्रह गरेका छन् । सरकारले शिक्षा ऐन जारी गर्न नसक्दा काम र जिम्मेवारीमा विभिन्न समस्या आएको कर्मचारीहरुले आफ्नो भनाई राखेका थिए ।