काठमाडौं/२२ माघ-पाठ्यक्रम विकास केन्द्रले प्रदान गरेका कक्षा १० र कक्षा १२ सरहको मान्यता तथा समकक्षता रद्द गरेको छ । माध्यामिक तहको मान्यता तथा समकक्षता प्रदान गर्दै आएको केन्दै्रले विभिन्न मितिमा आवेदन गरी समकक्षता प्रमाण पत्र लिएका ६ जनाको समकक्षता रद्द गरेको हो ।
पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै ‘श्री ज्ञानदा एकेडेमी, बीरगञ्ज, पर्सा’ ले शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ३ को उपदफा ८ र दफा १६८ तथा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९ अनुसारको प्रक्रिया पूरा गरी अनुमति लिएको नदेखिएकाले ६ जनाको समकक्षता रद्द गरिएको जनाएको छ ।
केन्द्रले माघ १८ गतेको निर्णाय गरी ती ६ जनालाई कक्षा १० र कक्षा १२ सरहको मान्यता तथा समकक्षता रद्द गरीएको जनाएको छ ।




