काठमाडौं/२३ माघ-त्रिभुवन विश्वविद्यालयले छिटो परीक्षा सक्न परीक्षा तालिका सार्वजनिक गरेको विषयमा विवाद भएको छ । स्ववियु निर्वाचनमा ४ ओटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ ।
स्नातक तह चौथो वर्षको परीक्षा १० देखि १९ गतेसम्मको तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् । केही विद्यार्थीले परीक्षा सार्न दबाव दिँदै आन्दोलन सुरु गरेका छन् ।
कोरोना महामारीको समयमा बिग्रेको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ /०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा ५ वटा ब्याच छ ।
केही विद्यार्थीहरुले भने परीक्षा तोकिएकै समयमा हुनुपर्ने माग गरिरहेका छन् । राजनीतिमा चासो हुने विद्यार्थीले स्ववियु चुनावमा भाग लिन मात्र परीक्षा सार्न दबाव दिएको यो पक्षको जिकिर छ ।


