प्राथमिक तहको लिखित परीक्षामा ११ हजार ६ सय ५६ जनाको नाम प्रकाशन

काठमाडौं/१६ माघ-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट ११ हजार ६ सय ५६ जनाको नाम प्रकाशन गरेको छ । ७४ जिल्लाको लागि १३ हजार २ सय ९७ पदसंख्या माग गरीएकोमा लिखित परीक्षाबाट ११ हजार ६ सय ५६ जनाको नाम प्रकाशन गरेको हो ।


प्रकाशित नतिजा अनुसार २०७८ माघ १८ गतेबाट अन्तर्वार्ताको कार्यक्रम राखिएको आयोगले जनाएको छ । आयोगले अन्तर्वार्ता सञ्चालन तथा व्यवस्थापन कार्यक्रमलाई व्यवस्थित गर्ने उदेश्यले ७४ वटै जिल्लाको भौगोलिक अवस्था, अन्तर्वार्तामा सहभागी हुने उम्मेदवार संख्या र अन्तर्वार्ताका लागि आवश्यक पर्ने जनशक्तिलाई दृष्टिगत गरी १८ वटा शिक्षा विकास तथा समन्वय इकाईलाई अन्तर्वार्ता केन्द्र समेत कायमगरी अन्तर्वार्ता कार्यक्रम प्रकाशन गरेको छ ।


मावि तहका लागि अहिलेसम्म १५ हजार ५ सय २८ जनाले दिए आवेदन


शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा अहिलेसम्म १५ हजार ५ सय २८ जनाले आवेदन दिएका छन् ।


माघको २४ गतेसम्म आवेदन दिने समय रहेकोले यो संख्या बढ्ने आयोगले जनाएको छ । आयोगले ७ सय ६१ पदमा शिक्षक पदपुर्तिका लागि विज्ञापन खुला गरेको छ । पुस २५ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो