त्रिविद्धारा विद्यावारिधि तहमा छात्रवृत्तिका लागि आवेदन माग

काठमाडौं/१७ माघ-त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले विद्यावारिधि तहमा अध्ययनरतका लागि छात्रवृत्ति उपलब्ध गराउने भएकोले आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय र ओस्लो विश्वविद्यालय नर्वे विच भएको सम्झौता र सहकार्यमा छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।


बिआइइपिएन कार्यक्रम अन्तर्गत शिक्षा शास्त्र संकायलाई समावेश विशेष आवश्यकता शिक्षा विषयमा त्रिविमा पूर्णकालीन विद्यावारिधि तह अध्ययन गर्नका लागि २ सिटका लागि छात्रवृत्ति कोटा उपलब्ध गराउने भएको जनाएको छ ।