पाठ्यपुस्तक अभाव छैन : जनक शिक्षा सामाग्री केन्द्र

काठमाडौँ/६ माघ-जनक शिक्षा सामाग्री केन्द्रले २०७९ का लागि आवश्यक कक्षा १० सिम्मका पाठ्यपुस्तक छपाइ गरी कार्यालय मार्फत विद्यालयमा पठाइसकिएको जनाएको छ ।


केन्द्रले पाठ्यपुस्तकहरू अझै पनि विद्यार्थीहरूले नपाएको भन्ने सम्बन्धमा सञ्चार माध्यमहरूमा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक पाठ्यपुस्तक पठाईसकिएको जनाएको हो ।


केन्द्रले विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको भएमा तुरुन्त केन्द्र तथा केन्द्रका प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको छ ।


त्यसैगरी कक्षा ११ र १२ का पुस्तकहरू अभाव भएको सम्बन्धमा गुनासो प्राप्त भएको हुँदा उक्त कक्षाका पुस्तकहरू पनि केन्द्र तथा प्रादेशिक कार्यालयमा मौज्दात रहेकाले बिक्रेता तथा विद्यार्थीहरूले सम्पर्क राखी पुस्तक खरिद गर्न सक्ने जनाएको छ ।