काठमाडौं/४ माघ -आजभोलि सामाजिक सञ्जालमा एउटा गितले निकै चर्चा पाइरहेको छ । चर्चा मात्रै हौइन अधिकांशले यो गित वा गजललाई मनपराईरहनु भएको छ ।
गीतमा भनिएको छ :
के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
राग मालकौंसमा आधारित नेपाली गजलीयशैलीमा प्रस्तुत यो गजल कोसेढुङ्गा हुन सक्ने देखिन्छ । गायनको शास्त्रीय संगीतको धुनमा आलप सहित रहेको यो गजलले लाखौं मानिसको मन जितिरहेको छ ।
सामान्य तरीकाले भिडियो पनि निर्माण गरएि पनि युट्युबमा पाँच दिनमा पाँच लाखभन्दा बढी पटक हेरिएको छ । सङ्गीतको क्षेत्रमा उदाउन चाहने तमाम यात्रीहरुको निम्ति एक सुमार्गदर्शक ऐतिहासिक दस्तावेज बन्न सक्ने देखिन्छ । यो गजल गायक तिलकसिंह पेलाले गाएका छन् । उनले यहाँसम्म आइपुग्न निकै धेरै लामो र कठिन यात्रा गरेका छन् ।
जिन्दगीको आधा समय संगीत साधनामा बिताएका उनी सुदूरपश्चिमको बैतडीबाट काठमाडौं र भारतीय सहर बनारससम्मको यात्रा पार गर्दै यहाँसम्म आइपुगेका छन् ।
सानैदेखि पढाई भन्दा संगितमा धेरै रुचि राख्ने तिलकसिंहले एसएलसीमा एक विषय लागेर फेल भएपछि उनले पढाइ छोडिदिएका थिए । त्यसपछि संगितमा निरन्तर लागे र आज सफल भएर छोडे ।
स्कुल पढ्दादेखि उनी स्कुलहरूमा गीत गाउँथे । एकजना शिक्षकले उनले गित गाउने थाहापाएपछि कार्यक्रम हुँदा उनलाई बोलाउनु भने पछि स्कुलहरूमा हुने कार्यक्रममा गएर गित गाएको उनले बताए ।
उनका बारेमा किन उठइएको छ भने अबका शैक्षिक संस्थाहरुले वा अभिभावकहरुले आफ्नो इच्छ भन्दा पनि विद्यार्थीको रुचि र इच्छा अनुसार पठनपाठनमा ध्यन दिनुपर्छ भन्न खोजिएको हो । जसरी एसएलसीमा फेल भएर विचमै पढाई छोडेका तिलकसिंह पेला आफ्नो रुचिको विषय संगितमा निरन्तर लागे र आज आएर सफल भए त्यसैगरी रुचि अनुसार विद्यार्थीलाई छोडिदिने हो भने हजारौं तिलकसिंह पेला जन्मिन सक्छन् ।
विद्यालयको दबाब र अभिभावकको इच्छा अनुसारले धेरै विद्यार्थीहरुका रुचि मरिरहेको देख्न सकिन्छ । त्यसकारण यसको गतिलो उदाहरणका हुन् तिलकसिंह पेला । यसलाई सबैले बुझ्न आवश्यक छ ।



