काठमाडौं/४ माघ-काठमाडौं महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुको एसईई नतिजा सुधार गर्ने उदेश्यले अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहजकर्ता परिचालन गर्न भएको छ । शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुको सिकाइमा सहयोग तथा सहजिकरण गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीका लागि आवेदन माग गरेको छ ।
महानगर विभाग शिक्षा विभागले २ महिनाका लागि गणित, विज्ञान,अङ्ग्रेजी, सामाजिक र नेपाली विषयका पाँच–पाँच जना सहजकर्ता माग गरेको छ । साथै शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको ६०–६० जना माग गरेको छ ।
शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएका सम्बन्धित विषयका विज्ञ व्यक्तिहरुले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरीएको छ । त्यसैगरी शिक्षण सहयोगीका लागि योग्यता निर्धारण गरेको छ । आवश्यक योग्यता पुगेका व्यक्तिले सातदिनभित्र आवेदन दिन सक्नेछन् ।




