पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

मोरङ्ग/४ माघ–पूर्वाञ्चल विश्वविद्यालयले एघारौं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम खुला गरेको छ । विश्वविद्यालयले एम.फिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण भएका व्यक्तिहरु दीक्षान्त समारोहमा भागलिनका लागि विश्वविद्यालयले आवेदन फाराम माग गरेको हो ।


विश्वविद्यालयले एघारौं दीक्षान्त समारोहमा भाग लिन एम.फिल, स्नातकोत्तर र स्नातक तहका शैक्षिक कार्यक्रमहरुको ग्रेसलिस्टमा समावेश भएका विभिन्न समुहमा भर्ना भई सम्बन्धित तहमा उत्तीर्ण गरी २०७८ पुष १६ गतेसम्म ट्रान्सकृप्ट लिएका विद्यार्थीहरुले सहभागि हुन पाउने सूचनामा उल्लेख गरेको छ ।


सहभागी हुन चाहाने विद्यार्थीहरुले विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड अनुसार रित पु¥याई माघ १९ गतेसम्ममा आवेदन फाराम दिन सक्ने जनाएको छ ।