काठमाडौं/३० पुस-देश तथा विदेशको दुर–दराजमा रहेका र नेपालमै रोजगारीको लागि भौँतारी रहेका युवाहरुलाई लक्षित गरि भर्चुअल माध्यायमबाट रेकर्डेड तयारी कक्षाहरु विद्यार्थीहरुको हात हातमा पुर्याउने उदेश्यले संचालन गरिएको नेपालको पहिलो ई–लर्निङ्ग प्लेटफर्म हो ओटीस । नेपालमा भएको पहिलो लकडाउन अगाडी नै सञ्चालनमा आएको ओटीस नेपालकै प्रतिष्ठित पेशामा रहेका युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहले नेपालि बजारमा उदय गराएका हुन् ।
सञ्चालनको सुरुको दिनहरुमा भर्चुअल माध्यम बाट घरमै बसेर पनि पढ्न मिल्छ भन्ने कुरा विद्यार्थीहरुले सुन्दा अचम्म मान्ने गर्थे तर कोभिड महामारीको बेला जुम, मिट र टिम जस्ता अनलाईनबाट कन्फेरेन्स र मिटिङ्ग गर्न मिल्ने प्लेटफर्महरुको बढ्दो प्रयोगले नेपालि बजारमा पनि उत्तिकै चर्चा पायो र त्यो बेलाबाट विद्यार्थीहरुमा घर बसेरै पनि पढ्न मिल्दो रहेछ भन्ने कुरा स्पष्ट थाहा पाए ।
सुरुको दिनहरुमा लोकसेवाले लिने प्रतिस्पर्धात्मक परीक्षाको तयारी गराउनको लागि आफ्नो सेवा केन्द्रित गरेको ओटीसले विद्यार्थीहरुको माग बमोजिम शिक्षक सेवा आयोग, बैंकिङ् सेवा, इन्जिनियरिङ् सेवा, संस्थान तर्फका सेवा, भाषा कक्षा, चार्टर्ड एकाउन्टेन्सी कक्षा जस्ता विभिन्न कोर्षहरु गरि करिब दुई सय भन्दा बढी कक्षाहरु प्रदान गर्दै आइरहेको छ । अहिले करिब ७० हजार भन्दा बढी विद्यार्थीहरु ओटीस लर्निङ्ग एपमा प्रत्यक्ष रुपमा जोडिएका छन् । निःशुल्क देखि प्रिमियम मोडेलका रेकर्डेड कक्षाहरु प्रदान गर्दै आइरहेको ओटीसले पछिल्लो दिनहरुमा बिना इन्टरनेट अफलाइन बाट पनि कक्षा पढ्न मिल्ने गरि आफ्नो सेवा सञ्चालन गरेको छ । जसले गर्दा नेटवर्कको समस्या भईरहने ग्रामिण क्षेत्रका विद्यार्थीहरुले अफलाइनबाट पनि कक्षा लिन पाउने भएका छन् ।
आफ्नै स्टुडियोमा भिडियो सुट गरेर तयार पारि रेकर्डेड मोडेलमा प्रदान गरेका भिडियो कक्षाहरुमा प्रशिक्षकहरुको एकतर्फी प्रस्तुति हुने हुँदा विद्यार्थीहरुले आफ्ना जिज्ञासा सोहि समयमा प्रशिक्षकहरु मार्फत समाधान गर्न नमिल्ने कुरालाई मध्यनजर गर्दै एप भित्र कमेन्ट गरेर प्रश्न सोध्न सक्ने सुबिधा रहेको छ । उक्त प्रश्न र जिज्ञासाको समाधानको लागि प्रशिक्षकहरु जुम मिटिङ मार्फत उपस्थित भई समाधान गर्ने गरेका छन् जसले गर्दा विद्यार्थीहरुले तयारी सामाग्रीहरु आफ्नो समयमा आफुले चाहेजति पटक, चाहेको पाठ चुनेर पढ्न पाउँछन् र आफुलाई लागेको जिज्ञासा सम्बन्धित सेसनमा उपस्थित भएर निराकरण गर्दछन ।
विद्यार्थीहरुले आफुले खरिद गरेको कोर्समा नोट र थप अध्ययन सामग्री एप भित्रै प्राप्त गर्ने गर्छन भने वस्तुगत परीक्षाको माध्यम बाट आफ्नो स्व–मुल्यांकन गर्नको लागि एपमा नै अनलाइन परिक्षा दिएर तुरुन्त आफ्नो रिजल्ट थाहा पाउन सक्छन । यसरी परीक्षा दिँदा आफुले दिएको परीक्षाको सहि उत्तर सहित विगारेको प्रश्नको पनि ठिक उत्तर कुन हो र किन ठिक भयो भनेर समेत कारण सहित हेर्न पाउने व्यवस्था एपमा रहेको छ ।
ओटीसले आफ्नो स्थापना देखिनै गरिब तथा जेहेन्दार र शारीरिक अपांगता भएका विद्यार्थीहरुलाई तयारी कक्षाहरुमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकोमा अहिले सम्म ५ दर्जन भन्दा बढी विद्यार्थीहरु छात्रवृतिमा तयारी गरिसकेका छन् । केहिले आफ्नो जागिर पनि सुरु गरिसकेका छन् । नेपालमा पहिलो पटक यो अवधारणाबाट शिक्षण सेवा सुरु गरेको ओटीसले बिदेशी प्लेटफर्म जत्तिकै सेवा प्रदान गरेको र आफु पनि कतारमा रहँदा ओटीसबाटै तयारी गरेर अहिले माध्यमिक शिक्षकमा सिफारिस भएका सफल विद्यार्थी रमेश बोहरा बताउछन । आफ्नो घरमै बसेर देशको अर्को कुनामा रहेको कुशल सहजकर्ताको साथमा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न पाउँदा समय र पैसाको बचाऊ भएको र भौतिक कक्षाभन्दा प्रभावकारी पढाई भईरहेको अधिकांश विद्यार्थीहरु बताउछन ।
पढ्नको लागि अरुको भर पर्नु नपर्ने, चाहेको बेला जतिसुकै पटक पनि कक्षा लिन पाइने , अनावश्यक कुराहरुको पहुचमा नपुगिने , लागेको जिज्ञासा समाधानको लागि बेग्लै प्लेटफर्म उपलब्ध हुने साथै अफलाइन बाट समेत कक्षा पढ्न पाइने सुविधाले गर्दा पछिल्लो समय भौतिक र जुमबाट हुने कक्षाहरुलाई पछी पार्दै ओटीसको रेकर्डेड कक्षाहरु विद्यार्थीहरु माझ लोकप्रिय बन्दै गईरहेको छ ।
अनुभवी लेखक तथा सम्बन्धित विधाका प्रखर प्रशिक्षकहरुलाई मात्र आफ्नो प्लेटफर्ममा स्वागत गर्ने संस्कार बनाएको ओटीसमा अधिकांस प्रशिक्षकहरु विद्यार्थीहरुले रोजेका र खोजेका प्रशिक्षकहरु रहेका छन् । २०७८ सालमा मात्र ओटीस बाट अध्ययन गरि तयारी गरेका हजारौं जना विद्यार्थीहरु निजामती सेवा, शिक्षक सेवा र अन्य सेवाको लागि सिफारिस भईसकेका छन् जुन ओटीसको लागि पनि ठुलो सफलता हो ।
व्यवस्थापनमा प्रखर मानिने चार्टर्ड एकाउन्टेन्टहरुको टिमले व्यवस्थापन गरेको यस प्लेटफर्मले विद्यार्थीहरुको बढ्दो विश्वासलाई गिर्न नदिई प्रविधिको प्रयोग सँगै प्रशिक्षकहरुका बौद्धिक भिडियो सामग्रीहरुको उच्चतम सुरक्षा गर्दै विद्यार्थीहरुको मर्म र समस्याहरुलाई बुझी आफ्नो सेवा अझै चुस्त बनाउनु अबको प्रमुख चुनौती रहेको देखिन्छ ।



