विद्यालय कर्मचारी परिषद्ले राष्ट्रिय सम्मेलन गर्दै, माग र मुद्दालाई अझै सशक्त बनाउने

काठमाडौं/२४ पुस-नेपाल विद्यालय कर्मचारी परिषद्ले राष्ट्रिय सम्मेलन आगामी फागुन ८ र ९ गते काठमाडौंमा गर्ने भएको छ । विद्यालय कर्मचारीहरुका माग र मुद्दालाई अझै सशक्त रुपमा अगाडि बढाउन र आफ्ना मागाको सुनुवाई अनिवार्य गर्ने उदेश्यका साथ राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको हो ।


नेपाल विद्यालय कर्मचारी परिषद्का अध्याक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीका माग र मुद्दालाई अझै बुलन्द आवाजको रुपमा लिने र सम्पूर्ण विद्यालय कर्मचारी एकुट हुने उदेश्यका साथ राष्ट्रिय सम्मेलन गर्न लागिएको बताए । उनले केन्द्रिय समितिको निर्णय बमोजिम विभिन्न प्रदेश परिषद् तथा पालिका परिषद्हरुको समय अवधि पूर्ण भएर पनि बाँकी रहेका जिल्लाहरुको अधिवेशन माघ १५ गते गर्न आग्रह गरेका छन् ।


साथै पटक पटक गरिएको सूचना, निर्देशन अनुसार प्रदेश र जिल्लाहरुको काम सम्पन्न गर्न विशेष परिस्थिति बाहेक असमर्थ भएमा केन्द्रिय समितिले जिल्लाहरुमा सम्पर्क गरी अधिबेशन सम्पन्न गर्न बाँकी रहेका जिल्ला र परिषद् सबैमा केन्द्रिय पदाधिकारी चयन गरी मिति सहित सूचना जारी गरीने तिवारीले बताएका छन् ।


त्यसैगरी विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले राष्ट्रिय सम्मेतनको तयारी गर्न सम्पूर्ण जिल्ला समितिहरुलाई निदेर्शेन दिएका छन् । साथै विद्यालय कर्मचारीहरुको हक र हितका लागि संगठन निरन्तर अगाडि बढ्ने र माग र मुद्दाहरु पुरा गर्नका निम्ति सदैब लाग्ने धारणा व्यक्त गरे ।