काठमाडौं/२४ पुस–शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन पुस २५ गते गर्ने भएको छ । माध्यमिक तहको ६ सय ८६ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन पुस २५ गते सोमबार गर्न लागेको हो ।
आयोगले कुनै प्राविधिक कठिनाई नभए पुस २५ गते सोमबार विज्ञापन गर्न अन्तिम तयारी गरेको जनाएको छ । परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरिएको आयोगले जनाएको छ ।




