गोल्डेन हेण्डसेक लिन बाँकी शिक्षकका लागि जारी गरिएको सूचनामा संशोधित

काठमाडौं/२२ पुस-गोल्डेन हेण्डसेक लिन बाँकी भएका अस्थायी शिक्षकका लागि जारी गरिएको सूचनामा संशोधित गरिएको छ । अस्थायी शिक्षकले पाउने सेवा सुविधा सम्बन्धी सूचना अन्तर्गत सुविधा प्रदान गर्ने प्रयोजनका लागि अस्थायी सेवा गणना गर्ने आधारमा संशोधन गरिएको हो ।


केन्द्रले पुस ६ गते प्रकाशित गरेको अस्थायी शिक्षकले पाउने सेवा सुविधा प्रदान गर्ने प्रयोजनका लागि अस्थायी सेवा गणना गर्ने आधारको बुँदा नं. (झ) हटाई संशोधित गरिएको सूचना प्रकाशित गरेको छ ।


यस अघि पुस ६ गते जारी गरिएको सूचनामा शिक्षा विकास तथा समन्वय एकाई मार्फत सेवा सुविधा लिन छुट भएका शिक्षकको आवेदन पेस गर्न ७७ ओटै एकाईलाई निर्देशन दिँदै ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको थियो ।