सम्बन्धन प्राप्त कलेजलाई नवीकरणपत्र लिन त्रिविको निर्देशन (सूची सहित)

काठमाडौं/२० पुस-त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई नवीकरणका लागि ताकेता गरेको छ । कलेजहरुको हालसम्म भएको नवीकरण विवरण बारे विस्तृत जानकारी वेभसाइटमा राखिएको जानकारी दिँदै नयाँ नविकरणका लागि ताकेता गरेको हो ।


त्यसैगरी नवीकरण भएका कलेजहरुले नवीकरण पत्र लिन त्रिविको विनियोज शाखाबाट लिएको युजर नेम र पासवर्ड प्रयोग गरी विनियोजन शाखाको खातामा २ हजार बुझाएको अनलाईन रसिद्को प्रतिलिपि र निवेदन सहित योजना निर्देशनालयमा अविलम्ब सम्पर्क गर्न निर्देशन दिएको छ ।


साथै पहिलै नवीकरण स्वीकृत भइ हालसम्म पनि पत्र लान बाँकी क्याम्पस कलेजको विवरण अनलाइनमा राखिको सूचनामा उल्लेख गरेको छ । पुरानो नवीकरणपत्र र नयाँ नवीकरण पत्र नियमनुसारको शुल्क तिरी योजना निर्देशनालयबाट प्राप्त गर्न सकिने जनाएको छ ।

हालसालै नवीकरण भएका क्याम्पस/कलेजहरुको नामावली :

http://tribhuvan-university.edu.np/upload_file/files/post/1672308934_1118071940_TU_Renew-NEW_List.pdf

पहिल्यै नवीकरण भएको तर हालसम्म नवीकरण बुझि नलगेका क्याम्पस/कलेजहरुको नामावली :

http://tribhuvan-university.edu.np/upload_file/files/post/1672308934_176541122_TU_Renew%20_Old_list.pdf