स्थानीय पाठ्यक्रम तयार गर्न निर्देशन

चन्द्रकान्त खनाल
रुपन्देही/१४ पुस-बुटवल उपमहानगरपालिकाको आयोजनामा आधारभुत तह १–५ को स्थानीय पाठ्यपुस्तक प्रथम संस्करण तथा कक्षा ६ –८ को लागि राय तथा सुझाव संकलन कार्यशाला बुधबार सम्पन्न भयो ।


उक्त अवसरमा बुटवल उपमहानगरपालिका नगर प्रमुख खेल राज पाण्डेले बुटवलको पहिचान हुने र सबैको अपनत्व हुने सबैले सहर्ष स्वीकार्ने स्थानीय पाठ्यक्रम तयार गर्न निर्देशन दिए ।


कार्यशालामा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनसंख्या एवं वित्त महाशाखा प्रमुख उपसचिव मित्रमणि खनाल, प्राध्यापक नुरजंग के.सी., शिक्षा पत्रकार कृष्ण मल्ल, प्रधानाध्यापकहरु गोविन्द ज्ञवाली, दिनेश थापा, दीनानाथ गिरि, शान्ती शर्मा, प्रेमबहादुर बस्नेत विष्णु गौतम घिमिरे, उपेन्द्र ज्ञवाली, पुरुषोत्तम भट्टराई, प्राचार्यहरु बाबुराम बन्जाडे, दिनेश भुसाल, कुलानन्द पाण्डे, अभिभावक सङ्घका अध्यक्ष लोकनाथ ज्ञवाली, यज्ञ सापकोटा लगायतले धारणा राखेका थिए ।


बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेल राज पाण्डेको अध्यक्षतामा कमला चुदालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।