चन्द्रकान्त खनाल
रुपन्देही/७ पुस-कालिका मानवज्ञान मावी बुटवलको ६२ औ वार्षिकोत्सव पत्रकार, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
मुल समरोहलाई संवोधन गर्दै प्रदेश सांसद लिला गिरीले सरकारी विद्यालयको शिक्षा कस्तो हुन्छ भन्ने कुरा सिक्ने पाठशाला कालिका भएको बताएका छन् । उनले समाुदायिक विद्यालयले पनि देशमा नमुना विद्यालयको रुपमा नाम कामाउदै विदेशमा समेत नाम राखेको बताएका थिए ।
वार्षिकोत्सव मूल समारोहका प्रमुख अतिथि पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभामा सदस्य लिला गिरिले विद्यालयमा निर्मित १२ कोठे भवनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले गुणस्तरीय शिक्षा प्राप्तिमा आर्थिक, सामाजिक, भौतिक र नीतिगत समस्याहरु भएको र आफुले ति समस्याहरु समाधान गर्नको लागि सधै सहयोग गर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै थापाले सामुदायिक विद्यालयमा समेत अविभावाकहरुको लगानी बढ्दै गएकोले सामुदायिक विद्यालयहरु समेत सर्वसाधारणको पहुँच भन्दा बाहिर जाने डर बढ्दै गएको चिन्ता व्यक्त गर्दै कालिकालाई सबै खाले विद्यार्थीहरुको शिक्षा प्राप्तिको उत्कृष्ट थलो बनाउने योजना विद्यालयले बनाएको र यसमा अभिभावक, समुदाय र तिनै तहका सरकारले इमान्दारिताका साथ् सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उमनपाका प्रशासकीय अधिकृत टेकराज पन्थी, वार्ड नम्बर १० का वार्ड अध्यक्ष बलु पुन, अभिभावक इन्द्र मणि अर्याल, नित्यानन्द ज्ञवाली, होम बहादुर गलामी, घनश्याम पाठक लगायतले सामुदायिक शिक्षाको अवस्था र कालिकाले शिक्षामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
विद्यालयमा आयोजित वार्षिकोत्सव मूल समारोहमा पत्रकारिताको माध्यमबाट सामुदायिक शिक्षाको समुन्नतिमा योगदान पुर्याए वापत सन्जु पौडेल, तेजेन्द के.सी , कृष्ण खनाल र प्रतिमा गौतमलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यालयका विभिन्न तहहरुमा उच्च शैक्षिक उपलब्धि दिलाउने १ सय १ जना शिक्षक तथा कर्मचारीहरुलाई नगद, प्रमाणपत्र र दोशाल्लाले सम्मान गरियो । विद्यालयले हरेक वर्ष कार्यसम्पादनको आधारमा छनौट गर्ने वर्ष शिक्षक सम्मान कृष्ण प्रसाद गौतमलाई र वर्ष उत्कृष्ट इन्चार्ज सम्मान नरेन्द्र पौडेललाई प्रदान गरिएको छ ।
उक्त अवसरमा दोश्रो जिल्लास्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय भएका विद्यालयहरुलाई शिल्ड र पुरस्कार प्रदान गरिएको थियो ।



