काठमाडौं/७ पुस-त्रिभवन विश्वविद्यालयले सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरुमा पूर्व व्यवस्था अनुसार पुस १७ गतेदखि हिउँदे विदा गर्ने भएको छ । शिक्षक र विद्यार्थीलाई दिँदै आएको हिउँदे विदा यो वर्ष पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिन सकिने जनाएको छ ।
साथै आ आफ्नो निकायको अनुकुलता अनुसार परीक्षा, कक्षा सञ्चालन आदीको अवस्था हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिन सकिने गरी विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले निर्णय गरेको जनाएको छ ।




