काठमाडौं/१ फागुन—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले श्रीलंका टेक्नोलोजी क्याम्पसमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेहरुले दरखास्त दिने आव्हान गरेको छ ।
छात्रवृत्ति कोटामा श्रीलंकामा अध्ययन गर्न इच्छुक सम्बन्धित अध्ययन संस्थान÷संकायबाट स्नातक तहको पछिल्लो समयको प्रवेश परीक्षामा छनोट भई योग्यता सूचीमा नाम समावेश भएका उम्मेदवारहरुले फागुन १ गतेदेखि ७ गतेसम्म दरखास्त दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
http://moe.gov.np/assets/uploads/files/Suchana_Magha_29_gate_1-converted1.pdf



