विद्यार्थीको क्षमता र योग्यताका आधारमा परामर्श दिन्छौं

काठमाडौं/२ मंसिर-हब इन्टरनेशनल एजुकेशनले विगत दुई दशक देखी विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको उत्कृष्ट संस्था हो । धेरै शैक्षिक परामर्शहरुका बिच आफुलाई वेग्लै शैक्षिक संस्थाका रुपमा उभ्याउन सफल भएको छ । बिशेष गरेर विदेश अध्ययनमा जाने विद्यार्थीहरुका लागि सहि परामर्श दिँदै विद्यार्थीहरुको मन जित्न सफल भएको संस्था हो । अष्ट्रेलिया, न्युजल्याण्ड, युके, आयरल्याण्ड, अमेरिका र क्यानडा अध्ययनमा जने विद्यार्थीका लागि परामर्श दिने गरेको छ । यो सँगै आईईएलटिएस, पिटिई, जिआरई, जिम्याट लगाएतको तयारी कक्षा पनि सञ्चालन गरेको छ । यसै सन्दर्भमा खबर एजुकेशनले हब इन्टरनेशनल एजुकेशनका सिईओ सरिता खड्कासँग गरेको संवाद ।


हब इन्टरनेशनल एजुकेशनबाट विदेश अध्ययनमा जाने विद्यार्थीहरुको अवस्था कस्तो छ ?


हाम्रोमा शैक्षिक परामर्श लिएर अध्ययनमा गएका विद्यार्थी वा तयारी कक्षा लिईरहेका विद्यार्थीहरु खुशी नै रहेको देखिन्छ । साथै विद्यार्थी मात्र होइन अभिभावकहरु पनि हाम्रो सेवा बाट खुशी रहेको हामीले पाएको छौं । कहीले काहीँ विदेशी देशहरुको नीति परिवर्तन हुँदा समस्या हुने हो, तर हामीलाई खासै समस्या हुँदैन । पछिल्लो सामय अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई डकुमेन्टमा केही कडाई गरिएका कारणले हामीले त्यसलाई बढी अध्ययन गरिरहेको अवस्था हो । किनभने विद्यार्थीलाई धेरै झन्झट नहोस र डकुमेन्ट बनाउँदा सहज होस भनेर विशेष ध्यान दिने गरेका छौं ।


हब आफैमा अष्ट्रेलियाका लागि राम्रो शैक्षिक परामर्श दिने संस्था हो । पछिल्लो समय अष्ट्रेलियाले विद्यार्थीलाई कडाई गरेको हो वा अरु केही कारण छ ?


हबले मुख्यगरी अष्ट्रेलीय जाने विद्यार्थीहरुकका लागि परामर्श दिँदै आएको छ । हामीले अष्ट्रेलीयाका विभिन्न कलेज तथा विश्वविद्यालयसँग विगत १७ बर्षदेखि सहकार्य गरिरहेका छौं । पछिल्लो सामय अष्ट्रेलिया अध्ययनमा जानका लागि केही नीतिमा परिवर्तन भएको भन्ने हल्ला छ, तर मलाई लाग्छ त्यस्तो खाशै परिवर्तन भने भएको होइन । किनभने हिजो जुन जुन कागजपत्रहरु माग्ने गरिएको थियो त्यसमा बजारमा नक्कली कागजात पो बनाइएकी भन्ने शंका गरेर ति कागजातलाई सपोर्ट गर्न अन्य थप केही कागजात माग गरिएको हो । तसर्थ यसमा खाशै ठुलो समस्या मैले देखेको छैन ।


यो समस्याले हबलाई कति गाह्रो बनायो ?


पक्कैपनि हामी यो समस्याबाट अक्षुतो रहन सकेनौं । तर लगभग धेरै शैक्षिक परामर्श संस्थाहरु तथा विद्यार्थीहरुलाई एउटै इमेल पठाइएको थियो । त्यसमा तपाइहरुले विद्यार्थीको डकुमेन्ट हाल्नु भएको छ भने त्यसलाई यो यो कुरा सपोर्ट गर्ने डकुमेन्टहरु हाल्नु होला भनेर भनिएको थियो । उहाँहरुले चेक लिष्ट नै बनाएर विद्यार्थीको सापोर्ट गर्ने डकुमेन्ट मगाएको हो । हाम्रा विद्यार्थीहरुलाई पनि त्यस्तो खालको इमेल नआएका होइनन् । हामीले ती डकुमेन्टहरु पहिले नै हालेको हुँदा हाम्रोमा खासै समस्या आएन । केही विद्यार्थीको भने नपुगेको डकुमेन्ट जसरी मागीएको थियो त्यसैगरी पुरा गरेर पठाएयौं ती विद्यार्थीहरुको भिसाहरु आइरहेको छ ।


त्यसो भए यस्तो समस्या जसले जथाभावी काम गरे र विद्यार्थीको कागजातमा ध्यन दिएनन् उनीहरुलाई आएको हो ?


हो ठिक कुरा गर्नु भायो । जसले राम्रोसँग काम गरेनन्, विद्यार्थीको कागजातमा ध्यन दिएनन र मनलाग्दी कागजात बनाएर आवेदन दिए तिनीहरुलाई निकै समस्या आएको हो । जसले जे पनि गरेका थिए, विद्यार्थीको आवश्यक कागजात आफै बनाउने यती मात्रै होइन कतिपयले नक्कली काम पनि गरे उनीहरुका लागि समस्या हो । अझ मैले सुने अनुसार सहि हो वा हईन एकिन भएन तर बैङ्क लोन पेपरदेखि एकेडेमीक प्रमाण पत्रहरु, वडा कार्यालयका कागजातहरु शैक्षिक परामर्श संस्थाहरुले आफै बनाएका कारण यो समस्या आएको हो । अष्ट्रलियन कलेज विश्वविद्यालयहरुले पनि एजेन्टको विश्वासमा जस्तो डकुमेन्ट पनि लिइदिने कारणले समस्या आएको हो । छोटो सायमा पैसा कमाउछु भनेर शैक्षिक परामर्श संस्थामा लगानी गर्नेहरुका कारण यो समस्या आएको हो केही समयमा सुधार आउँदै जान्छ तर यो जे भयो ठिक भयो ।


अष्ट्रेलिया बन्द भयो अब अध्ययनका लागि जान कठिन छ भन्ने हल्ला छ । के अब विद्यार्थी जान सक्दैनन् ?


अष्टे«लिया अहिले बन्द छैन र पछि पनि बन्द हुँन्छ जस्तो मलाई लाग्दैन । योसँगै अरु कुनै पनि देश बन्द छैन । यदी तपाई विदेश पढ्न जाने हो र पढ्नका लागि सक्षम हुनुहुन्छ भने सधैका लागि खुला छ । अष्ट्रेलियाले आजको दिनमा पनि भिसा दिइरहेकै छ । पछिल्लो सायमा हेर्ने हो भने अहिले भिसा दिने क्रम विस्तारै बढ्दो छ । पहिला भन्दा धेरै विद्यार्थीले पछिल्लो सामय भिसा पाइरहेका छन् । जसले उनीहरुले मागेको कागजात पुरा गरेको छ त्यसले भिसा पाईरहेको छ । केही परामर्शहरुले हिजोका दिनमा दिएको सुविधालाई गलत प्रयोग गरे जसको असर सबैतिर पर्न गयो । तर सहि कागजात बनाएका विद्यार्थीलाई रोकेको छैन, सधै खुला छ, त्यसका लागि हब जहिलेपनि विद्यार्थीलाई सहि सेवा दिन तयार छ ।


शैक्षिक परामर्श क्षेत्रमा यस्ता समस्या नआउन भन्नका लागि शैक्षिक परामर्श संस्थाहरुलाई के भन्न चाहानु हुन्छ ?


सबैले राम्रोसँग काम गरौं, विद्यार्थीको नक्कली कागजात बनाउने काम बन्द गरौं । विद्यार्थीहरुलाई सही परामर्श दिने गरौं । पैसा आउछ भन्दैमा जथाभावि नक्कली डकुमेन्ट बनाउने, डिपेन्डेट मिलाइदिने, एक ठाउँमा जान सक्ने विद्यार्थीलाई अर्को ठाउँमा पठाइदिने लगायतका काम नगरौं र सहि परामर्श दिउँ भन्ने मेरो भनाई छ । यो क्षेत्रका साथीहरुलाई के भन्न चाहान्छु भने सबैले राम्रो काम गरौं र यो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबैले आ आफ्नो ठाउबाट इमान्दार भएर विद्यार्थीलाई सहि परामर्श दिउँ ।


अन्तमा विद्यार्थी तथा अभिभावकलाई के भन्न चाहानु हुन्छ ?


विद्यार्थीहरुको अध्ययनका लागि बाहिर जाने जुन चाहाना छ त्यसका लागि हबमा आएर परामर्श लिन सक्नु हुन्छ । हामी विद्यार्थीहरुलाई सहि परामर्श दिन्छौं, साथै राम्रोसँग बुझेर मात्रै सहि निर्णय लिनुहुन म अनुरोध गर्दछु । हामीले विद्यार्थीको क्षमता, योग्यताका आधारमा परामर्श दिने गर्छौ, त्यसकारण हब इन्टरनेशनल एजुकेशन आउन सुझाब अनुरोध गर्छु । हामीसँग देश अनुसार छुट्टा छुट्टै विभागहरु छन् । सबै लामो अनुभव भएका हुनुहुन्छ उँहाहरुसँग आएर भेट्नुस र बुझेर मात्रै विदेश अध्ययनका बारेमा निर्णय लिनु होला । अरु देश बाहेक हामीले भारतका विश्वविद्यालयहरुसँग पनि सहकार्य गरीरहेको जानकारी दिन चाहान्छु ।