पोखरा विश्वविद्यालयको नयाँ सम्बन्धन र कार्यक्रम थपका लागि आवेदन माग (सूचनासहित)

काठमाडौं/३० भदौं-पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त गरेका कलेजहरुको कार्यक्रम थप, समुह थप र विद्यार्थी सिट संख्या थपका लागि आवेदन माग गरेको छ ।


विश्वविद्यालयको भदौं २९ गतेको कार्यकारी परिषद्को निर्णय अनुसार नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त गरेका कलेजहरुको कार्यक्रम थप, समुह थप र विद्यार्थी सिट संख्या थपका लागि आवेदन माग गरेको हो ।


पोखरा विश्वविद्यालय साउन १४ मा सम्पन्न २२ औं साधारण सभाको बैठकले विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेका कलेजहरुको विशिष्टिकरण तथा कार्यक्रम प्रतिस्थापनको कार्य सम्बन्धि महाविद्यालय, कलेजहरुलाई स्वैच्छिक अवसर दिई सो को प्रक्रिया अगाडी बढाउन स्विकृत दिने निर्णय भए अनुसार कार्यकारी परिषद्ले निर्णय गरेको जनाएको छ ।


त्यसैगरी नयाँ हैक्षिक संस्थाका लागि कार्यक्रम सञ्चालन गर्न इच्छुक सातै प्रदेशका शैक्षिक संस्थाहरुबाट आवेदन माग गरीएको छ । संचालनका लागि इच्छुक शैक्षिक संस्थाहरुबाट भदौं ३० गतेदेखि कार्तिक २ गतेसम्ममा आवेदन दिनुपर्ने छ ।
साथै सम्बन्धान प्राप्त गरेका कलेजहरुको कार्यक्रम थप, समुह थप र विद्यार्थी सिट संख्या थपका लागि भदौं ३० गतेदेखि कार्तिक ९ गतेसम्ममा आवेदन दिनुपर्ने छ ।