काठमाडौं/३० भदौं-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोट भएका विद्यालयको नाम र कार्यक्रम सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोट भएका विद्यालयको सूची सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोटमा परेका छन् । ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यन्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो ।
कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले सो प्राप्त भए पश्चात कार्यक्रम कार्यान्वयन गर्न गराउन केन्द्रले आग्रह गरेको छ ।
विद्यालयको सूची :
https://www.cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-9841121239.pdf



