पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला, असन्तुष्ट पक्षलाइ वार्तामा आउन आग्रह

कास्की/१ असार-जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले ताला लगाए पछि पोेखरा विश्वविद्यालयले वार्तामा आउन आग्रह गरेको छ ।


विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन दिन अघिबाट लगाइएको ताला खोल्नका लागि विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुको आजको संयुक्त छलफलले असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गरेको हो ।


जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), पोखरा विश्वविद्यालय जिल्ला कमिटी कास्कीद्धारा गरिएको तालावन्दीको सन्र्दभमा उक्त संगठनकै लेटरप्याड प्रयोग गरी तालावन्दी गरिएको आधिकारीकता माथि प्रश्न उठाइएको हुँदा विश्वविद्यालयमा यथाशिघ्र आधिकारिक संगठनले बार्तामा आउन आग्रह गरेको हो ।


अन्यथा वार्ताम नआए विश्वविद्यालयमा भएको तालावन्दी विश्वविद्यालय प्रशासनले खोल्ने चेतावनी समेत दिएको छ ।