त्रिभुवन विश्वविद्यालयमा लागेका सबै ताला खोलिए

काठमाडौं /२९ जेठ-त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा ताला आजदेखि खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिको वार्ताटोलि भएको सहमति पछि ताला खुलेको हो ।


विशवविद्यालय र आंशिक प्राध्यापक विच विच ६ बुँदे सहमति भएपछि ताला खोलिएको छ । सहमति अनुसार २०७४ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रि परिषद् द्धारा स्वीकृत गरेको १४२० शिक्षक दरबन्दी कार्यान्वयनका लागि सरकारसँग आवश्यक पर्ने बजेटको लागि १५ दिनभित्र पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।


आंशिक प्रध्यापक केन्द्रीय संघर्ष समितिको मागको सन्दर्भमा त्रिविमा रहेको रक्ति दरबन्दीको अध्ययन गरी आंशिक प्रध्यापकको समस्या समाधान गर्न त्रिवि नियम अनुसार गर्न अनुरोध गर्नेल गायतबुँदाहरुमा सहमति भएको छ ।


यो सहमति सँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुनेछन् । नेविसंघले त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भएपछि शुक्रबारदेखि ताला खोलेको हो ।