स्कुल जाने क्रममा ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु

गुल्मी/२६ जेठ-बिहीबार बिहान स्कुल जाने क्रममा ढुंगाले लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–३ निवासी १४ वर्षका गगन रायमाझीको स्कुल जाँदै गर्दा ढुंगाले लागेर मृत्यु भएको हो ।


मृतक रायमाझी बिहीबार बिहान स्कुल जाने क्रममा निर्माणकार्य चलिरहेको सडकमा डोजरले फालेको ढुंगाले लागेर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र डोजर चालकलाई नियन्त्रणमा लिइएको छ ।