काठमाडौं/२६ जेठ -ज हब इन्टरनेशनल एजुकेशनले बागबजार स्थित आफ्नै भवनको प्राङगणमा “युके-आयरल्याण्ड एजुकेशन फेयर ” आज सञ्चालन गर्दैछ । युके र आयरल्याण्डका प्रतिष्ठित विश्वविद्यालयहरु एकै थलोमा सहभागि भएको नेपालमा पहिलो फेयर गर्ने भएको हो ।
फेयरमा युके र आयरल्याण्डका २० भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । साथै विद्यार्थीले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटेर विशवविद्यालयमा अध्ययनबारे जानकारी लिन सक्ने छन् ।
त्यसैगरी फेयर भ्रमण गर्ने विद्यार्थीलाइ छात्रवृत्ति दिइने, भर्नाको निश्चित गरीने, निशुल्क आइइएलटिएस उपलब्ध गराइने, निशुल्क प्रोसेसिङ गरीने लगायत विभिन्न गिफ्ट ह्याम्पर पाउने छन् ।
हब इन्टरनेशनल एजुकेशनले युके -आयरल्याण्ड फेयर वर्षमा दुई पटक गर्ने जनाएको छ । एउटा जनवरी, फेब्रुवरी इनटेकका लागि भने अर्को सेप्टेम्बर इनटेकलाई लक्षित गरेर फेयर सञ्चालन गर्ने गरेको छ । यो सँगसँगै अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा, युएसए लगायतको पनि फेयर गर्दै आएको छ ।
यसरी गरीने फेयरले विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श दिने, कलेज विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थी आफैले भेटेर जानकारी लिन पाउनुका साथै कन्सल्टेन्सि र विद्यार्थी विचको सम्बन्ध विश्वासिलो र बलियो बनाउन महत्वपुर्ण भुमिका खेल्ने हबले जनाएको छ ।
युके-आयरल्याण्ड विभागका प्रमुख सुरज घिमिरेले आयरल्यण्ड र युके जान चाहाने विद्यार्थीलाई हबमा आउन आग्रह गर्दै विद्यार्थीको पढाई, करीयरका बारेमा, आर्थीक रुपमा कुन कलेज कुन लोकेशनमा जाने, कसरी जाने, कहिले भर्ना हुने, छात्रवृत्ति छ छैन लगायत सबै कुराको बारेमा उत्कृष्ट परामर्श दिइने बताए ।



