काठमाडौं/१९ जेठ–नबिल बैङ्कले सामाजिक उद्यमशीलता वा सामाजिक उद्यमीहरु उत्पादन र विकास गर्ने उदेश्यले नबिल एसएसई सर्टिफिकेट कार्यक्रम सुरु गरेको छ । प्रदेश ३ अन्तर्गत ललितपुर स्थित क्यम्पियन कलेज र नबिल बैङ्कको सहकार्यमा बुधबारबाट ओरेन्टेसन कार्यक्रमको आयोजना गरेर सुरु गरिएको हो ।
हालै मात्रै सुरु गरीएको नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशीप अभियान सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा नै उद्यमशीलताको विकास गर्नका लागि सञ्चालनमा ल्याइएको नबिल बैङ्कका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले जानकारी दिए । उनले यो कार्यक्रम नबिलले सातै प्रदेशमा विभिन्न कलेजसँगको सहकार्यमा सञ्चालन गरिएको जानकारी दिए ।
क्यम्पियन कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तवले स्वगत मन्तव्य राख्दै यस कार्यक्रमलाई विश्वास गरेर सहभागि भएकोमा खुशी व्याक्त गरीन । यो कार्यक्रम अध्ययन पश्चात सहभागिहरु आफै केही गर्न सक्ने र विदेश गएर भन्दा स्वदेश मै उद्यमी बन्न सक्ने बनाउने उदेश्य रहेको बताइन ।
नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशीप (नबिल एसएसई) सर्टिफिकेट कार्यक्रम हो । सामाजिक उत्तरदायित्व बोकेका उद्यमीहरुलाई समाजप्रति कसरी जिम्मेवार बनाउन सकिन्छ, सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा नै उद्यमशीलताको विकास गरी आफ्नो समुदायलाई कसरी परिवर्तन गर्न सकिन्छ लगायतका विषय वस्तु समावेश गरेर निर्माण गरीएको कार्यक्रम हो ।
यसका लागि कुनै विषय पढेको हुनपर्ने वा कुनै तह पास गरेको हुनुपर्ने भनेर कुनै मापदण्ड निर्धारण गरीएको छैन । १८ वर्षदेखि माथीका जुनसुकैले पनि पढ्न सक्छन् ।
यो दुई महिनाको यो कार्यक्रम वर्षमा चार पटक मात्र भर्ना खुल्छ । दिनको ६ देखि ७ घण्टाको समय दुई महिनामा पाँच÷पाँच दिन र एक महिना चार दिन गरी तीन महिनामा १४ दिन मात्र पढाइ हुन्छ ।



