उच्च शैक्षिक संस्थाको गुणस्तर परीक्षणका लागि विज्ञ सूचिकृतका गर्न आवेदन माग

काठमाडौं/१६ जेठ-विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाले विज्ञ सूचिमा सूचिकृतका लागि आवेदन माग गरेको छ । उच्च शैक्षिक संस्थाहरुको गुणस्तर परीक्षण कार्यका लागि समकक्षी परीक्षणको कार्यमा सहभागि हुनका लागि आवेदन माग गरेको हो ।


आवेदन दिनका लागि विश्वविद्यालयको प्रध्यापक (महिलाको हकमा विद्यावारिधि सहित सह प्रध्यापक पदमा कम्तिमा ५ वर्षको कार्यनुभव) र स्वास्थ्य विज्ञानको हकमा डिएम वा एमसिएच सहित विश्वविद्यालयको सह प्रध्यापक पदमा कम्तिमा पाँच वर्षको कायँनुभव भएको हुनुपर्ने छ ।


साथै अन्तराष्ट्रिय सूचिकृत जर्नलमा पछिल्लो ५ वर्षमा कम्तिमा र्दुइ वटा लेखहरु प्रकाशन भएको हुनुपर्ने छ ।