शिक्षक कर्मचरीलाई राजनीति गर्न निषेध, दलको आवद्धता त्याग्न निर्देशन

दार्चुला/१५ जेठ-दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूको राजनैतिक दलसँगको आवद्धता निषेध गर्ने निर्णय गरेको छ । जेठ १३ गते बसेको गाउँपालिकाकाको बैठकले शिक्षक तथा कर्मचारीहरूले कुनै राजनैतिक दलको आवद्धता निषेध गर्ने निर्णय गरेको हो ।


गाउँपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीले कुनै राजनैतिक दलको आवद्धता लिएको भए ७ दिन भित्र त्यागी त्याग्न लगाई सोको जानकारी पालिकाको कार्यालयमा पेश गर्न भनिएको छ ।


सो निर्णयको आवश्यक समन्वय गर्न सम्पूर्ण विद्यालय व्यावस्थापन समितिका अध्यक्षलाई भविएको छ भने पत्रको कार्यन्वयन गरी त्यसको जानकारी कार्यालयमा पेश गर्न सम्पूर्ण प्रधानाध्यापकहरुलाई आग्रह गरएिको छ ।


साथै गाउँपालिकाको निर्णय नमान्ने शिक्षक कर्मचारीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जानकारी गराएको छ ।