काठमाडौं/१३ जेठ-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालीका सार्वजनिक गरेको छ ।
असार २ गतेदेखि विहान ७ बजेदेखि सञ्चालन हुने डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक र प्राविधिक शिक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
साथै प्रि-डिप्लोमा (साविक प्राविधिक एस एल सी) तहको विशेष मौका परीक्षाका लागि आवेदन माग गरेको छ । पाठ्यक्रमले निर्धारण गरेको अवधिभित्र प्रशिक्षकण पूरा गरी शैक्षिक सत्र २०७२/०७३ सम्म रजिष्ट्रेसन भएका मध्ये अनुत्र्तीण परीक्षार्थीहरुका लागि विशेष मौका परीक्षाका आवेदन माग गरेको छ ।





