काठमाडौं/९ जेठ -अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय,बजेट कार्यान्वयन तथा सोधभर्ना शाखाले विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ ।
सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई आग्रह गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ,शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको चालु आर्थिक वर्षको बैदेशिक स्रोत सोधभर्ना हुने ऋण –अनुदान तर्फ तेश्रो त्रैमासिक फुकुवा हुँदा सोही कार्यक्रमको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको फुकुवा छुट हुन गएकोले तेश्रो त्रैमासिक सम्मको निकासा बिनियोजन भएको बजेट मध्ये स्वकृत बार्षिक कार्यक्रम र अख्तियारी हुने गरी तेश्रो त्रैमासिक अवधि सम्मको स्रोत फुकुवा भएको जानकारी गराएको छ ।




