त्रिभुवन विश्वविद्यालय : सम्पूर्ण तहका विद्यार्थीलाई रजिष्ट्रशन फाराम भर्न आग्रह


काठमाडौं/१० जेठ -त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालमा भर्ना भएका सम्पूर्ण वद्यार्थीहरुलाई रजिष्ट्रशन फारम भर्न सूचना जारी गरेको छ । त्रिवि अन्र्तगतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिक वर्ष २०७८ ७९ मा अध्ययन गर्ने सम्पूर्ण तहका विद्यार्थीहरुको रजिष्ट्रशन गर्नुपर्ने भएकोले सूचना जारी गरेको हो ।


वार्षिक प्रणाली अनुसार रजिष्ट्रेशन गर्नुपर्ने विद्यार्थीहरुले सूचना जारी भएको मितिदेखि जेठ मसान्तसम्म फारम भरेर सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने छ । सम्बन्धित क्याम्पसले रजिष्ट्रेशन फारम र सो को भौचर सहित असार ५ गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने छ । साथै असार १ गतेदेखि देब्बर दस्तुर लाग्ने छ ।


त्यसैगरी सेमेष्टर प्रणालीको हकमा प्रविणता प्रमाण पत्र (प्रविधि), स्नातक तह (सेमेष्टर प्रविधि), स्नातकोत्तर तह (सेमेष्टर र प्रविधि) तर्फका विद्यार्थीहरुको लागि सम्बन्धित संकाय, संस्थान, डीनको कार्यलय र क्याम्पसहरुले समेत प्रथम भर्ना सूचना प्रकाशित भएको मिमितले ५ महिना भित्र भर्ना सूचनाको प्रतिलिपि समेत राखी नियमित दस्तुरमा रजिष्ट्रेशन शाखाबाट भर्न र सो समय पश्चात आएको फारम देब्बर दस्तुर बुझाई १ महिना भित्र रजिष्ट्रेशन गर्नुपर्ने जनाएको छ ।