रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन ( ढाँचा सहित)

काठमाडौं/२३ वैशाख-रिक्त हुने र रिक्त भएका शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगले खुला तथा बढुवाद्धारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको रिक्त दरबन्दी विवरण माग गरेकाले विवरण पठाउन निर्देशन दिएको छ ।


केन्द्रले २०७९ वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण जेठ २० गते भित्र पठाउन एकाइलाई निर्देशानुसार आग्रह गरेको छ ।


साथै खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण नपठाउनु हुन समेत निर्देशानुसार अनुरोध गरेको छ ।