शिक्षा सहित विभिन्न ७४ पदका लागि आवेदन माग

काठमाडौं /१९ वैशाख-प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ ले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका पदहरुका लागि खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको लागि दरखास्त माग गरेको छ ।


सरकारी सेवा तर्फ विभिन्न समुह उपसमुह तथा तहका पदहरुमा खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्ति गर्नपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरेको हो ।


त्यसैगरी प्रदेश लोक सेवा आयोगले छैटौं तहका लागि ८ जना शिक्षा प्रशासनमा आवेदन माग गरेको छ ।