काठमाडौं/८ बैशाख-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानले वि.टेक. खाद्य प्रविधि प्रथम वर्षमा भर्नाका लागि तेस्रो पटकसम्म सूचि प्रकाशित गर्दा पनि निवेदन नआएपछि पुनः निवेदन माग गरेको छ ।
शैक्षिक सत्र २०७८/०७९ का लागि प्रथम, दोस्रो तथा तेस्रो सूचि प्रकाशित गर्दा समेत केही सिटहरु रिक्त रहेकाले पुनः निवेदन माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,डीनको कार्यलयद्धारा चैत ७ गते लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भएका केन्द्रीय प्रविधि क्याम्पस धरानमा अध्ययन गर्नका लागि पूर्वभर्ना आवेदन फारम भरेका विद्यार्थीहरुलाई रिक्त केही सिटहरुमा निवेदन दिन भनिएको छ ।
प्रवेश परीक्षामा उत्तिर्ण भएका इच्छुक विद्यार्थीहरुले वैशाख ९ गतेसम्म निवेदन दिन सकिने जनाएको छ ।



