हिमाल पारीको गाउँ लिमीका तीन बालबालिकालाई अध्यक्ष केपी शर्मा ओलीले पढाइदिने

हुुम्ला/५ वैशाख -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीन जना बालबालिकालाई पढाइदिने घोषणा गरेका छन् । हिमाल पारीको गाउँ लिमीका तीनवटै विद्यालयका जेहेन्दार तीन जना विद्यार्थीलाई पढाइदिने घोषणा गरेका छन् ।


उनले आफ्नै लगानीमा अध्ययन गर्न नपाएका, न्यून आयस्रोत भएका तीन जना विद्यार्थीलाई काठमाडौंमा लगेर कक्षा १२ सम्म निशुुल्क पढाई दिने बताएका छन् । आइतबार बिहान लिमी पुुग्ने क्रममा नाम्खा गाउँपालिका –६ को हिमाल पारीको गाउँ निक्कै दुुर्गम रहेका कारणले तीन विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराइदिने निर्णय लिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।


तीनै जना विद्यार्थीले २०७९ सालको नयाँ शैक्षिकसत्रबाट अध्ययन गर्न पाउनेछन् ।