काठमाडौं /५ बैशाख-शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालयमा रहेको मौजुदा भवन तला थप गर्नुपर्ने भएमा उक्त भवनको सम्बन्धीत प्राविधिक,विज्ञबाट स्थलगत सर्वेक्षण, स्टक्चर विश्लेषण, परीक्षण गरी प्राविधिक प्रतिवेदनका आधारमा डिजाइन स्थानीय तहबाट स्विकृत गराई निर्माण गर्न सकिने प्रष्ट पारेको छ ।
केही स्थानीय तह तथा विद्यालयबाट उल्लेखित कार्यक्रम कार्यान्वयन बारे सल्लाह माग भएकाले थप स्पष्ट पार्दे मन्त्रीपरीषद्को निर्णय अनुसार स्थानीय तहको स्विकृत लिइ मौजुदा भवन तला थप गर्न सकिने जनाएको हो ।
साथै प्राप्त कार्यक्रम अनुसार २ कोठे, ४ कोठे वा स्विकृत अन्य भवन डिजाइन तथा लागत अनुमान बमोजिमको विनियोजित बजेट तथा लागत साझेदारी गर्न चाहेको नियकायको रकम भित्र सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्नु पर्ने जनाएको छ ।




