शैक्षिक सेवा सुविधा तथा छात्रवृत्तिको मापदण्ड कस्तो हुनुपर्ने ?

काठमाडौं/२० चैत-शिक्षा प्राप्ति बालबालिकाको नैसर्गिक अधिकार हो । संविधानमा आधारभूत तह ( ८ वर्ष) को शिक्षा पूर्ण नि:शुल्क तथा अनिवार्य भनिएको छ । कक्षा प्रवेश गर्नु पूर्व ४ वर्ष उमेर पूरा भएका बालबालिकाहरुलाई एक वर्षे बालविकास शिक्षा कार्यक्रम सञ्चालित छन् । आधारभूत तह कक्षा १–५ तथा ६–८ मा वर्गीकृत छ । संवैधानिक प्रावधानमा कक्षा ९–१२ चार वर्षे माध्यमिक शिक्षा नि : शुल्क छ । यसरी उमेर समूह पाँच वर्षका लागि बालविकास केन्द्र, ६–१० वर्षका लागि आधारभूत पहिलो तह, ११–१३ वर्षका लागि आधारभूत दोस्रो तह तथा १४–१७ वर्षका लागि माध्यमिक शिक्षाको व्यवस्था छ ।


विद्यालय शिक्षा पहुँच र विस्तार :


नेपालमा कुल विद्यालयहरु सामुदायिक तथा संस्थागत (निजी आर्थिक लगानी कम्पनी सरहका) स्वरुपका कुल ३५,५२० विद्यालयमा ७०,२१,६२२ विद्यार्थी छन् । तीमध्ये २८,८३३ सामुदायिक विद्यालयमा ५०,२८,०८३ (७१.६ %) विद्यार्थी र ६,६८७ संस्थागत विद्यालयमा १९,९३,५३९ (२८.४%) विद्यार्थी छन् । सामुदायिक विद्यालय तथा निजी गरी ३६,५५० बालविकास केन्द्रहरुमा ११,०५,५६१ बालबालिकाहरु छन् । अभिलेखमा विद्यालय शिक्षामा २,२७,८८६ शिक्षक छन् । निजी शिक्षण संस्थामा ८८,८४८ शिक्षक छन् । यसै गरी सामुदायिक तथा निजी शैक्षिक संस्थाहरुमा विद्यालय प्रशासन सहायक, लेखा कर्मचारी र कार्यालय सहयोगी समेत हजारौँ संख्यामा जनशक्ति कार्यरत छन् ।

नेपालमा कुल विद्यालयहरु सामुदायिक तथा संस्थागत (निजी आर्थिक लगानी कम्पनी सरहका) स्वरुपका कुल ३५,५२० विद्यालयमा ७०,२१,६२२ विद्यार्थी छन् । तीमध्ये २८,८३३ सामुदायिक विद्यालयमा ५०,२८,०८३ (७१.६ %) विद्यार्थी र ६,६८७ संस्थागत विद्यालयमा १९,९३,५३९ (२८.४%) विद्यार्थी छन् ।


विद्यालय शिक्षा शैक्षिक वातावरण :


स्थानीय तहको मौसम अनुकूल सुरक्षित वातावरण तयार गर्न विद्यालय तहका सबै शैक्षिक पक्षहरुलाई गम्भीर ध्यानमा राखी अपाङ्गता, लैङ्गिक र जनताका सांस्कृतिक विविधताको सम्मान गर्ने किसिमको जनमैत्री नेतृत्वदायी भूमिका सबै विद्यालयहरुले खेल्नु पर्दछ । स्थानीय तहमा बृहद शैक्षिक स्वरुपको नेतृत्व गर्न सक्ने भौतिक संरचना निर्माण तथा सबै आधारभूत सेवासुविधाहरु भएका शैक्षिक केन्द्र व्यवस्थापन गर्ने दायित्व निर्वाह स्थानीय सरकारको समन्वयमा विद्यालयहरुले आफै लिनु पर्दछ ।


विद्यालय शिक्षा पहुँच :


विद्यालय तहको शिक्षा प्रणालीमा विद्यार्थी पहुँच अध्ययन सन् २०२० को तथ्याङकमा उमेर समूहको आधारमा आधारभूत कक्षा खुद भर्ना दर ९३.८ (१—५) र कक्षा (६—८) ६७.२ तथा माध्यमिक तह कक्षा (९—१२) ४७.६ प्रतिशतमा पुगेको छ । चित्रले पहुँच पुराउन धेरै काम बाँकी छ भन्ने देखाउँछ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा पहुँच :


परिषद, शिक्षा तथा केन्द्र अन्तर्गत देशभर कुल १,५४६ संस्थाहरुमा विद्यालय तहमा प्राविधिक शिक्षा उपलब्ध छ । विद्यालय ÷ शिक्षालयमा २,३६३ वटा शैक्षिक कार्यक्रमहरुबाट विभिन्न विषयको पठनपाठन र अभ्यास कार्यहरु सञ्चालित गरी जनशक्ति उत्पादन हुन्छन् । हालसम्म ६३५ (८४%)स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार छ । प्राविधिक तथा व्यावसायिक शिक्षाको कुनै पनि सेवासुविधा नपुगेका स्थानीय तह ११८ छन् र त्यहाँ पहुँच पुग्न आवश्यक छ ।


राज्यको शिक्षा क्षेत्रमा आर्थिक लगानी तथा प्राथमिकता :


आर्थिक वर्ष २०७८/७९ को कुल राष्द्रिय बजेटको शिक्षामा १,८०,०४,०० (रु. लाख) १०.९३ प्रतिशत शिक्षा बजेट विनियोजित भयो । संघीय तह ३३.३९, प्रदेश तह २.७९ तथा स्थानीय तह ६३.८२ प्रतिशत बाँडियो । शिक्षा बजेटमा औषत ९०. २ प्रतिशत आन्तरिक तथा ९.८ प्रतिशत वैदेशिक सहायता छ । राजनीतिक दलहरुको शिक्षा क्षेत्रमा २० प्रतिशत राज्यको लगानीको बाचा प्रश्न नै छ । गम्भीर रुपमा विश्लेषण भएको छैन ।

आर्थिक वर्ष २०७८/७९ को कुल राष्द्रिय बजेटको शिक्षामा १,८०,०४,०० (रु. लाख) १०.९३ प्रतिशत शिक्षा बजेट विनियोजित भयो । संघीय तह ३३.३९, प्रदेश तह २.७९ तथा स्थानीय तह ६३.८२ प्रतिशत बाँडियो । शिक्षा बजेटमा औषत ९०. २ प्रतिशत आन्तरिक तथा ९.८ प्रतिशत वैदेशिक सहायता छ । 


शिक्षा क्षेत्रको कुल शिर्षकगत आर्थिक लगानी :


शिक्षा क्षेत्रको बजेट बाँडफाँड २०७८/७९ले बालविकास केन्द्रदेखि, विद्यालय, प्राविधिक तथा व्यावसायिक शिक्षा हुँदै उच्च शिक्षासम्मको विषयगत क्षेत्रगत बाँडफाँडका आधारमा १४ वटा शिर्षक विभाजित छन् । तीमध्ये प्रारम्भिक बालविकास शिक्षातर्फ २०७८ साउनदेखि झण्डै ४ प्रतिशत तथा प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ १५ प्रतिशत पुराउने वाचाले सकारात्मक सन्देश दिएको छ ।


विद्यालय शिक्षा क्षेत्रको कुल खर्च :


शिक्षा क्षेत्रको संघीय, प्रादेशिक तथा स्थानीय तहको आधारभूत बालविकास केन्दको शिक्षा व्यवस्थापनदेखि, माध्यमिक विद्यालयको समग्र शिक्षा बजेट राज्यले नै बहन गर्दै आएको छ । विद्यालय तहको कुल खर्च बजेट १,३४,११,४३, १५ हजार रहेको छ । सरकारले संवैधानिक प्रावधान, नि :शुल्क तथा अनिवार्य शिक्षा ऐन, शासकीय लोककल्याणकारी नीति तथा राजनैतिक प्रतिवद्धता जस्ता विविध पक्षबाट अभिप्रेरित भएर विद्यालय तहको शिक्षामा पर्याप्त आर्थिक लगानी गर्दैँ आएको छ । यो रकमको ७० प्रतिबढी तलबभत्ता र पेन्सन आदिमा खर्च हुन्छ र कुल ३० प्रतिशतभित्र शैक्षिक सेवासुविधा, सहुलियत र छात्रवृत्ति आदिमा खर्च हुने गर्दछ ।

शिक्षा क्षेत्रको संघीय, प्रादेशिक तथा स्थानीय तहको आधारभूत बालविकास केन्दको शिक्षा व्यवस्थापनदेखि, माध्यमिक विद्यालयको समग्र शिक्षा बजेट राज्यले नै बहन गर्दै आएको छ । विद्यालय तहको कुल खर्च बजेट १,३४,११,४३, १५ हजार रहेको छ । 


विद्यालय शिक्षा, सेवासुविधा, सहुलियत र आर्थिक लगानी :


भनिन्छ, सामुदायिक आधारभूत तह कक्षा १— ५ मा छात्रवृत्तिबाट लाभान्वितको संख्या ७० प्रतिशत तथा माध्यमिक तहमा कुनै न कुनै छात्रवृत्ति पाउने विद्यार्थीहरुको संख्या ३० प्रतिशतभन्दा माथि हुने गर्दछ । नेपालमा सरकारले विद्यालय तहमा आवासीय र गैर आवासीय गरी १८ किसिमका छात्रवृत्ति सुविधा मिलाएको छ । आर्थिक वर्ष २०७८/ २०७९ को बजेटमा आवासीय सात प्रकारका छात्रवृत्तिमा २ अरब, ६१ करोड, २९ लाख, ९२ हजार लगानीबाट प्रतिवर्ष १०,७५२ जना तथा एघार प्र्रकारका गैर आवासीय छात्रवृत्तिबाट २५ लाख ८६ हजार ७२० जना प्रत्यक्ष लाभान्वित हुने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/ २०७९ को बजेटमा आवासीय सात प्रकारका छात्रवृत्तिमा २ अरब, ६१ करोड, २९ लाख, ९२ हजार लगानीबाट प्रतिवर्ष १०,७५२ जना तथा एघार प्र्रकारका गैर आवासीय छात्रवृत्तिबाट २५ लाख ८६ हजार ७२० जना प्रत्यक्ष लाभान्वित हुने व्यवस्था गरेको छ । 

विद्यालयहरुमा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई वार्षिक १८० दिन खाजा गर्न आर्थिक प्रबन्ध छ । कक्षा ६—१२ सम्मका बालिकाहरुलाई तोकिएको संख्या र गुणस्तरीय स्यानिटरी प्याड निःशुल्क छ । बालविकास केन्द्र व्यवस्थापन खर्चदेखि कक्षा १ —१२ सम्म तोकिएका मापदण्डका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुन्छ । विद्यालय तहको शिक्षण शुल्क पूर्ण नि :शुल्क गरिएको छ । विद्यालय तहका शिक्षक, कर्मचारीहरुको तलबभत्ता तथा विद्यालय व्यवस्थापन खर्चकै लगानीमा हुन्छ । सामुदायिक विद्यालय तहको शिक्षाका सबै क्षेत्रमा राज्यको पूर्ण आर्थिक लगानी छ ।


विद्यालयमा आर्थिक लगानीका स्रोतहरु :


सामुदायिक विद्यालय शिक्षा सुदृढीकरणमा राज्यको ठूलो आर्थिक लगानीका साथसाथै, राष्द्रपति शैक्षिक कार्यक्रम, विद्यालय पूर्वाधार विकास, भूकम्पपछिको विद्यालय पुनर्निर्माण कार्यक्रमबाट पनि ठलो धन राशी खर्च हुँदै आएको छ । गैरसरकारी संघ÷संस्थाहरुको बालबालिका केन्द्रित कार्यक्रमहरु, प्रदेश तहका विद्यालय केन्द्रित भौतिक विकास तथा शैक्षिक गुणस्तर प्रवर्धन कार्यक्रमहरु पनि सञ्चालित छन् । यिनमा गरिएका आर्थिक लगानीहरु, स्थानीय तहको कानूनी प्रावधान तथा स्थानीय आवश्यकता केन्द्रित विषयका विविध पक्षमा विद्यालय तथा विद्यार्थीमाथि गरिएका आर्थिक लगानी पनि उल्लेखनीय हुन सक्छन् । अभिभावकहरुले आफ्ना सन्तानका लागि घर, परिवारबाट गर्ने गरेका आर्थिक लगानीहरुको कुनै अभिलेख छैन । यी सबै पक्षको आर्थिक लगानीलाई एकीकृत गर्दा, जोड्दा अभिलेखवद्ध गर्दा विद्यालय शिक्षाको आर्थिक लगानी अंश उत्साहजनक हुन सक्छ ।


सामुदायिक विद्यालय शिक्षा सबलीकरणका समस्या तथा चुनौतीहरु :


माथि उल्लेखित सबै सेवासुविधा, सहुलियत तथा छात्रवृत्तिको व्यवस्थाका बाबजुद पनि सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न र सबै बालबालिकालाई विद्यालयमा प्रवेश गराउन नसकिनुका कारण देहायका समस्या र चुनौतीहरु देखापरेका छन् । तिनको मुल कारण खोजी गर्नु र निराकरणका लागि प्रयास थाल्नु सरकारको मुख्य दायित्व हुन्छ ।


१. कक्षा १ मा भर्ना भएका २१ प्रतिशत बालबालिकाहरु कक्षा ८ सम्म निरन्तर टिकेर नपुग्नु ।


२. अनिवार्य तथा निः शुल्क शिक्षा प्रणालीमा पनि ५—१२ उमेर समूहका बालबालिकाहरु करीब ६.२ प्रतिशत विद्यालय शिक्षा पहुँच बाहिर हुनु ।


३. माध्यमिक शिक्षा उमेर समूहका बालबालिकाहरुको ठूलो जनसंख्या (५२.४) प्रतिशत औपचारिक सामुदायिक माध्यमिक विद्यालय शिक्षाको मूलधारमा नसमेटिएको पाइनु ।


४. सामुदायिक विद्यालयतर्फ १ खरब, ३४ अरब, ११ करोड, ४३ लाख तथा १५ हजार वार्षिक खर्च हुँदा पनि अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी संस्थागत विद्यालयमा दिनानुदिन बढ्दै जानु र २८ प्रतिशत सहभागिता वृद्धि हुनु ।


५. राज्यको ठूलो आर्थिक लगानी सामुदायिक शिक्षा क्षेत्रमा भइरह्नु तर धनाढ्य वर्ग मात्र होइन, समाजका विपन्न, गरीब तथा असहाय वर्गले पूर्ण अभिभावकत्वको अनुभूति नगर्नु सरकारप्रति विश्वास कम हुनु ।


व्यवस्थापकीय समस्या तथा चुनौती :

मुलुकका प्रायः सबै स्थानीय तहका वार्ड वार्ड तथा गाउँका टोल टोलका समुदायस्तरमा आधारभूत तहका कुनै न कुनै कक्षाहरुसम्मको पठनपाठन हुने व्यवस्था छ । तापनि आधारभूत तहको शिक्षामा १—३ कक्षा दोहो¥याउने दर ८ र छाडने दर ४ प्रतिशत हुनु । कक्षा—८ सम्मको विद्यार्थीको विद्यालय टिकाउ दर ७९.३ प्रतिशतमा मात्र स्थीर हुनु । माध्यमिक तहमा ५२.४ % खुद उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर हुनुले विद्यालय शिक्षा व्यवस्थापन तथा मानवपूँजी विकासको जग निर्माणमा ठूलो चुनौती सिर्जना गरेको छ ।


सामुदायिक शिक्षा र विद्यालयमा उपलब्ध सेवासुविधा माथिका प्रश्नहरु :


राज्यले सामुदायिक विद्यालयहरुमा शैक्षिक सेवा सुविधा निः शुल्क पठनपाठन, नि:शुल्क पाठ्यपुस्तक, नि:शुल्क परीक्षा व्यवस्थापन र सञ्चालन, कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको प्रबन्ध, कक्षा ६–१२ का छात्राहरुका लागि मासिक रजोस्वला कालमा नि :शुल्क स्यानिटरी प्याड नि : शुल्क उपलब्ध हुँदै आएको छ । सामुदायिक विद्यालयहरुमा खेलकूद, अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप,भौतिक साधनहरुको सुविधा, विज्ञान प्रयोगशाला, पुस्तकालय, नेट इनटरनेट, विद्युतीय सुविधाहरु राज्यले नि : शुल्क उपलब्ध गराउँदै आएको छ । कतिपय सामुदायिक विद्यालयमा आवासीय सेवासुविधा तथा आकर्षक छात्रवृत्ति व्यवस्थासहित सामुदायिक शिक्षा विद्यार्थीहरुका लागि पूर्ण निः शुल्क उपलब्ध भइरहेको छ । यी सबै सेवासुविधा तथा सहुलियत उपलब्ध भएको सन्दर्भमा छात्रवृत्ति सुविधा थप केका लागि ? अहम् प्रश्न शैक्षिक जगतमा उठिरहेको पनि पाइन्छ । साँच्चै प्रश्नको उत्तर खोजी सरकारले गर्न पर्दछ ।

कतिपय सामुदायिक विद्यालयमा आवासीय सेवासुविधा तथा आकर्षक छात्रवृत्ति व्यवस्थासहित सामुदायिक शिक्षा विद्यार्थीहरुका लागि पूर्ण निः शुल्क उपलब्ध भइरहेको छ । यी सबै सेवासुविधा तथा सहुलियत उपलब्ध भएको सन्दर्भमा छात्रवृत्ति सुविधा थप केका लागि ? 


मन्त्रालयका प्रयासमा समस्या पहिचान र समाधानका आधार खोजी :


यसै पृष्ठभूमिमा विद्यालय शिक्षाको समग्र शैक्षिक सेवासुविधा, उपलब्ध सहुलियत तथा छात्रवृत्ति प्रणाली सम्बन्धी अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अग्रसर भएर अध्ययन पनि गरेको छ । गहन अध्ययनमा शिक्षा क्षेत्रको कुल वार्षिक लगानीको ठूलो अंशभाग विद्यालय शिक्षा व्यवस्थापन, बालबालिकाहरुको पहुँच वृद्धिका लागि शैक्षिक सेवासुविधा व्यवस्थापनमा खर्च हुँदै आएको देखिन्छ । यसरी नै विद्यार्थी सहुलियत तथा छात्रवृत्तिका लागि देशको ठूलो धनराशी खर्च हुँदै आएको कुरा सर्वविदितै छ । सरकारको शैक्षिक नीति अनुरुप सामुदायिक विद्यालयहरुको पठन पाठन पूर्ण नि :शुल्क छ । शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता र पेन्सनको सम्पूर्ण व्ययभार सरकारले नै व्यहोर्ने गरेको छ । विद्यालय शिक्षामा विविध शैक्षिक सेवासुविधा, सहुलियत तथा छात्रवृत्तिहरुमा राज्यले उच्च प्राथमिकता दिदैँ ठूलो धनराशी स्थानीय तहमार्फत वार्षिक १,१४,९११० लाख ( कुल शिक्षा बजेटको ६३.८२ प्रतिशत) लगानी हुँदै आएको अवस्था छ । वर्षेनि लोककल्याणकारी क्षेत्रमा राज्यको भूमिका बढाउँदै लैजाने नीति अनुरुप शिक्षामा सरकारी लगानी बढ्दो छ ।

विद्यालय शिक्षामा विविध शैक्षिक सेवासुविधा, सहुलियत तथा छात्रवृत्तिहरुमा राज्यले उच्च प्राथमिकता दिदैँ ठूलो धनराशी स्थानीय तहमार्फत वार्षिक १,१४,९११० लाख ( कुल शिक्षा बजेटको ६३.८२ प्रतिशत) लगानी हुँदै आएको अवस्था छ । 

छात्रवृत्तिका नाममा वार्षिक चार सय मात्र पाउनेदेखि उच्च शिक्षामा मासिक एक लाखभन्दा धेरैको शैक्षिक सेवासुविधा, सहुलियत र छात्रवृत्तिमा सवेदश तथा विदेशमा अध्ययनमा जानेहरु पनि छन् । प्राथमिक कक्षाका ससाना बालबालिकादेखि उच्च शिक्षाका प्राविधिक विषय क्षेत्रका डाक्टर, इन्जिनियर, कृषि, पशु, वनविज्ञान तथा विविध प्राविधिक तथा व्यावसायिक विषयमा अध्ययनरत विद्यार्थीहरुले लाभ लिएका छन् । तापनि सामुदायिक शिक्षा सुदृढ हुन नसक्नुका कारण सार्वजनिक भएनन् । यसर्थ अध्ययनमा शैक्षिक सेवासुविधा, सहुलियत तथा छात्रवृत्ति सम्बन्धमा शैक्षिक संस्थाका व्यवहारिक अभ्यास, सबलता, ती विषयमा परिमार्जनका पक्ष तथा नवीनतम नीति आवश्यकताका विषयमा सरोकारवाला विविध पक्षका आ–आफ्ना धारणा अध्ययन गर्न तथा विद्यमान अवस्थामा प्राप्त विचारहरुलाई अभिलेखवद्ध गरी सुधार्न आवश्यक हुने ठानियो । त्यसका लागि सबै सहभागीहरु, अध्ययनमा संलग्न संस्थाका पदाधिकारी वर्ग र विद्यार्थीहरुमा पुगियो । २०७७ मा गरिएको अध्ययन प्रतिवेदन २०७८ श्रावण ३१ मा मन्त्रालय नेतृत्व समक्ष पुराउँदा सबै सहभागीमा विशेष आभार व्यक्त पनि गरियो । तर प्रतिवेदनले जुन गतिमा स्थान पाउनु पर्दथ्यो, त्यो गति लिएन र अध्ययनकर्ताका हैसियतमा चिन्तामा पा¥यो । अध्ययन यसरी गरिएको थियो ।


अध्ययनका मुख्यसोच, लक्ष्य :
नयाँ राष्द्रिय शैक्षिक सहुलियत, सेवासुविधा र छात्रवृत्ति नीति बनाउने ।
शैक्षिक सहुलियत, सेवासुविधा र छात्रवृत्ति नीतिलाई सामाजिक न्याय र लोककल्याणकारी बनाउने आधार पहिचान गर्ने ।


अध्ययनका अपेक्षित उद्देश्यहरु :

१. विद्यालय तहको शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिको जानकारी बारे अध्ययन गर्ने ।


२. शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिसम्बन्धी विषयको कार्यक्षेत्र तथा अध्ययनको सीमा र दायरालाई अझ फराकिलो पार्न प्रारम्भिक आधार स्थापना गर्ने तथा भविष्यमा बृहद अध्ययन गर्ने, गराउने जग हाल्ने ।


३. शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिसम्बन्धी राष्द्रिय नीति निमार्ण र कार्यक्रम तर्जुमा गर्न सामाजिक न्यायको बलियो आधारको जग हाल्ने ।


४. मुलुकमा विद्यालय शिक्षा प्रणालीमा व्यवस्थापन गरिएको शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिको अत्यधिक सदुपयोग गर्न भूँइफुट्टा वर्गको प्रत्यक्ष सरोकारित समूहका स्थानीय तहमा भुक्त व्यवहारिक भोगाइ तथा प्राप्त रायसुझावका आधारमा राष्द्रिय तहमा जनशक्ति विकास नीतिमा प्रयोग गर्ने ।


अध्ययनको औचित्य :


१. विद्यालय तहका प्रत्यक्ष सरोकारवाला ( आधारभूत तह कक्षा ५ र ८ तथा माध्यमिक तहका कक्षा ११ का विद्यार्थीहरु) विद्यालयका दुवै तहका शिक्षक र प्रधानाध्यापकहरुको शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिको बारेमा जानकारी लिने ।


२. सरोकारवालाबाट समस्या पहिचान गरी समाधानका उपाय पत्ता लगाउने ।


३. अध्ययनलाई सबै प्रश्नहरु खुला राखेर सहभागीहरुबाट स्वतन्त्र अभिव्यक्ति र भोगाइलाई राख्ने अवसर दिने ।


४. विद्यालय तहका विद्यार्थीहरुका रायसुझावसमेतलाई उच्च प्राथमिकता दिएर विभिन्न कार्यक्रमका लागि कतिपय ठूला विद्यालय तहमा करोडौँ तथा ससाना प्राथमिक तहका विद्यालयमा समेत लाखौँ राज्यको आर्थिक परिचालन गर्ने शिक्षक/प्रधानाध्यापक तथा व्यवस्थापकहरुका व्यावहारिक धारणाबाट नीतिगत परिमार्जन, सुधार तथा रुपान्तरण गर्न सहयोग पुग्ने, पुराउने ।


५. सबै पक्षको अध्ययनका आधारमा तयार प्रतिवेदनले स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारलाई शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिका क्षेत्र तथा अन्य विविध विषय क्षेत्रका सबल, दुर्बल तथा सुधारमा सहयोग गर्ने ।


६. नवीनतम समसामयिक मुद्दागत विषयहरुका विषयमा नीतिगत, कार्यक्रमगत, योजनागत रुपमा कार्यान्वयन गर्न सिफारिस गर्ने, गराउने ।


अध्ययनका सहभागी :
सामुदायिक विद्यालयका ३ प्रकारका ( विद्यार्थी कक्षा –५,–८ तथा ११) शिक्षक/प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति तथा अभिभावक ५ थरीका १४६ जना बुटवल क्षेत्रका १० सामुदायिक विद्यालय थिए । १० सामुदायिक विद्यालयहरुको अध्ययन सीमामा विद्यालय तहको शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्ति सम्बन्धी प्रतिवेदन तयार गरिएको थियो ।


अध्ययनका मुख्य मुख्य विषय तथा प्राप्तिहरु :

१. सामुदायिक विद्यालयका विद्यार्थी तथा विद्यालयका सरोकारवालाहरुबाट प्राप्त विचारमा राज्य प्रदत्त शैक्षिक सहुलियत/सेवासुविधा तथा छात्रवृत्तिका सम्बन्धमा धेरै राम्रो जानकारी रहेछ । शैक्षिक सहुलियत/सेवासुविधा तथा छात्रवृत्ति सम्बन्धमा नयाँ नयाँ चिन्तन तथा धारणा पनि समाजमा विकास हुँदैछन् भन्ने देखियो ।

२. शैक्षिक सहुलियत/ सुविधा व्यवस्था तथा तिनको विवरण उल्लेख गर्ने तथा आवश्यकताका विषयमा लेख्न सक्ने र बहस गर्ने सरोकारवालाहरुको बाहुल्यता पाइयो ।


३. शैक्षिक सहुलियत तथा छात्रवृत्ति समुदायका विपन्न, जेहेन्दार र लक्षित वर्ग समूह केन्द्रित गर्न व्यवहारिक कारणसहित सुझाव दिने क्षमता राख्ने तथा त्यागी, सामाजिक दायित्व बहन गर्न तयार सुसंस्कृत नागरिक चरित्र विकास भएको पाइयो ।


४. विद्यार्थीहरुलाई प्रोत्साहन गर्न शैक्षिक सुविधा वितरणमा वैज्ञानिक विधि मापदण्ड अवलम्बन गरी शिक्षा क्षेत्रमा आर्थिक लगानी बढाउन आवश्यकता देख्ने तथा सदुपयोगका मार्गहरु सुझाउने सचेत नागरिक चरित्र विकास हुँदै गएको पाइयो ।


५. कम्तिमा आधारभूत तहको शिक्षा ( कक्षा ०—८ ) सम्मका बालबालिकाहरुको शैक्षिक जिम्मा राज्यले आफैँ लिन सुझाव राख्ने तथा सामाजिक न्यायका लागि ससाना बालबालिकाहरु बीचमा पनि शैक्षिक विभेदको खाडल हुनु हुन्न भन्ने उच्चस्तरको चेतना विकास हुँदै गएको पाइयो ।

६. राज्यले समाजका सबै बच्चाहरुलाई न्याय गर्ने नीति लिएमा आफूले पाउने सुविधा पनि त्यस्ता बच्चाहरुलाई केन्द्रित गर्न सुझाव गर्नेहरु कक्षा ५ र ८ का विद्यार्थी पाइनुले नागरिक सामाजिक दायित्वको संस्कार विकास भएको पाइयो ।

७. सामुदायिक विद्यालय क्रमशः आर्थिक वर्गीय कमजोर अभिभावकका बच्चाहरुमा सिमित हुँदैछन् भन्ने गम्भीर चुनौती पाइयो ।


८. कम्तिमा आधारभूत तहको शिक्षा पूर्ण निःशुल्क र अनिवार्य तथा एकै धारको बनाउने गरी सरकारी र निजी धार हुन नदिने कानुनका पक्षमा जनमत बलियो हुँदै गएको देखियो ।


९. विद्यालय शिक्षामा अध्ययनरतबाट अभिभावकत्व गुमाएका तथा आर्थिक समस्यामा भएका बालबालिका, विपन्न परिवार, समुदायका बालबच्चाहरुको संख्या बढीमा ५/७ प्रतिशत हुन्छन् र त्योभन्दा धेरै हुँदैनन् भन्ने स्पष्ट भइयो ।


१०. राज्यले विद्यमान अवस्थामा वितरण गर्दै आएको शैक्षिक सेवा सुविधा तथा छात्रवृत्ति क्षेत्रको आर्थिक लगानीलाई सिमित विपन्न, पिछडा वर्ग, कमजोर आर्थिक समुदाय र अभिभावक भएर पनि अभिभावकत्वको अनुभूति नभएका बालबालिकाहरुमा केन्द्रित गर्ने नीतिबाट बार्षिक १०/१२ हजार छात्रवृत्ति बच्चालाई दिन सकिन्छ भन्ने निचोडमा पुगियो ।


अध्ययनका मुख्य मुख्य सिफारिसहरु :


अध्ययनका क्रममा शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिका विषयमा प्राप्त रायसुझाव तथा सरोकारवालाका धारणा नै अध्ययनका सिफारिस हुन ।


१. बालबालिकाहरु सडकमा नपुग्ने व्यवस्थाका लागि जुनसुकै सरकारले नागरिक सम्मान र दायित्वको भूमिका निर्वाह गर्नुपर्ने कानुनी बाध्यता बनाउने तथा सरकारले आधारभूत तहको विद्यालय तहको शिक्षा अनिवार्य पूरा गराउनु पर्ने बाध्यकारी कानुनी प्रबन्ध हुनुपर्दछ ।


२. कम्तिमा राज्य, सरकारी तहबाट आधारभूत तहसम्मको शिक्षामा निजी तथा सामुदायिक प्रणालीको दुई धारको असमानता हटाउनु पर्दछ ।


३. राज्य, सरकारबाट उपलब्ध शैक्षिक सहुलियत, सेवासुविधा र छात्रवृत्तिको व्यवस्थापन गर्न कानुनी, नीतिगत र जवाफदेही संयन्त्र आवश्यक छ ।


४. विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकहरुको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था पहिचान, अभिलेख अध्यावधिक गरी उनीहरुका आवश्यकता विश्लेषण गरी कम्तिमा आधारभूत तहको शिक्षा सरकारले जिम्मा लिन आवश्यक छ ।


५. जातीय लैङ्गिक आधारमा दिइने छात्रवृत्ति नीतिमा परिवर्तन गरी तिनै वर्ग, समूहका विपन्न, गरिब, लक्षित र अशिक्षित तथा समस्याग्रस्त बालबालिकालाई सबै खर्च पुग्ने गरी छात्रवृत्ति रकमलाई प्रयोगमा ल्याउने नीति आवश्यक छ ।


६. सबै स्थानीय तहमा अति कठोर समूहका बालबालिकाहरु बढीमा ५ देखि ७ प्रतिशत हुने भएकोले आर्थिक सम्पन्न तथा आवश्यकता कम हुने अभिभावकका सन्तानलाई वितरण गर्दै आएको छात्रवृत्तिलाई विपन्न केन्द्रित गरी असहाय, असक्त र अभिभावकत्वविहिन बालबालिकाको राज्यले वार्षिक १०÷ १२ हजार छात्रवृत्तिको व्यवस्था गर्ने वा त्यस्ता विद्यार्थीका लागि पुग्ने गरी छुट्टै छात्रवृत्ति कोष व्यवस्था गरी मासिक कम्तिमा एक हजार ÷ दुईहजार रकमको छात्रवृत्ति दिने नीति लिनु आवश्यक छ ।


७. शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिसम्बन्धी बृहद राष्द्रिय अध्ययन गरी सबैको साझा अभिमत लिएर समाजका विपन्न तथा आवश्यकतामुखी जनताका सन्तानको शिक्षा पहुँच र गुणस्तर कायम गर्ने नीति,योजना आवश्यक छ ।


८. राजनीतिक पार्टीहरुको प्रतिवद्धता अनुरुप शिक्षा क्षेत्रमा आर्थिक लगानी वृद्धि हुने वैज्ञानिक आधार पूरा गर्न शिक्षा क्षेत्रले छुट्टै विशेष योजना, कार्यक्रम विकास गरी विकास र सामाजिक कार्यमा सहभागिता गर्नु अनिवार्य हुन्छ ।


९. शिक्षा क्षेत्रमा हुने लाभ लागतका आधारमा मुलुकको समृद्धिमा विषयगत/ प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रको सबै राजकीय पक्षमा स्पष्ट सहभागिता तथा सार्वजनिक क्षेत्रमा सेवा दिन सक्नु पर्दछ ।


१०. उच्च शिक्षामा स्वयम् सेवी दस्ता वा अभ्यास÷प्रशिक्षणमा विद्यार्थीहरुलाई शिक्षण संस्था, प्राध्यापक, शिक्षकहरु, समाज सेवा, सार्वजनिक सेवा तथा विकास, प्राविधिक क्षेत्रमा कानुनी व्यवस्थासाथ अनिवार्य सक्रिय सहभागी हुने प्रबन्ध गरिने कानूनको खाँचो छ ।


११. उच्च शिक्षा तथा मापदण्ड अनुसार स्वयम् सेवी तथा अभ्यास कार्यमा खटिने विद्यार्थीहरुलाई निर्वाह भत्ताको सुविधा सहित कार्य क्षेत्रमा एक वर्ष अनिवार्य काम गर्नुपर्ने कानुनी वातावरण मिलाउन सकिएमा २० प्रतिशत शिक्षा बजेट विनियोजन गर्न राज्यलाई कुनै समस्या हुँदैन ।


१२. जनशक्ति विकास तथा प्रयोगमा मुलुकसंग स्पष्ट योजना खाँचो छ र विज्ञान, प्रविधि, व्यावसायिक तथा प्राविधिक विषयको जनशक्ति संघ, प्रदेश तथा स्थानीय तह मिलेर तयार पार्ने र प्रयोग गर्ने योजना बनाउनुपर्ने देखिन्छ ।


१३. स्वास्थ्य, विकास निर्माण, कृषि, पशुपालन, सामाजिक तथा सार्वजनिक सेवामा सबै क्षेत्रमा निर्वाह भत्तासहित विद्यार्थीहरु एक वर्ष अभ्यास कार्य तथा प्रशिक्षण अभ्यासमा खटिने भएपछि शिक्षाको कुल बजेटमध्ये करीब ४० प्रतिशत बजेट विश्वविद्यालयहरुलाई विनियोजन गर्ने व्यवस्था हुनुपर्ने हुन्छ ।


१४. विश्वविद्यालयहरुले राज्यका हरेक किसिमका अनुसन्धान, विकास निर्माण, स्वयम् सेवक दलको रुपमा शैक्षिक संस्थान वा सार्वजनिक क्षेत्रमा एक वर्ष विद्यार्थीहरुलाई निर्वाह भत्तासहित अनिवार्य काम गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।


१५. यो नीति पारित गरी कार्यान्वयन गर्न सकिएमा करार शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षण अनुदान, स्वास्थ्य संस्थामा नर्स, सहायक चिकित्कस, चिकित्सक, इन्जिनियर जस्ता कार्यक्रम तथा सरकारी, शान्ति सुरक्षा,संघसंस्थान, सार्वजनिक सेवा, विश्वविद्यालयहरु जस्ता क्षेत्रका कुल स्थायी दरवन्दीमध्ये ३५ प्रतिशत पदहरु अभ्यास/ प्रशिक्षार्थी स्वयम्सेवी एक स्थायी पदको सुविधामा तीन जना विद्यार्थीलाई निर्वाह भत्ता दिने गरी सेवा लिन सकिन्छ ।


१६. यी सबका लागि खर्च गर्ने कानुनी व्यवस्थासाथ कुल शिक्षा बजेटको ४० प्रतिशत उच्च शिक्षामा आर्थिक लगानी गरेर विज्ञान, प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा सबै स्थानीय तहसम्म पु¥याउनु उचित हुन्छ ।


निचोड :
शैक्षिक व्यवस्थापन र सुशासन एक आपसमा सम्बन्धित विषय हुन् । निष्पक्ष शैक्षिक वातावरण र असल अभिभावकत्व र पारदर्शी न्यायिक अभ्यासबाट खारिएको नागरिकबाट देश, जनता र मानवप्रति अन्याय हुँदैन । बसुधैव कुटुम्बकम्को आदर्श पालना आफू गर्छ र अरुलाई गराउँछ । स्वमूल्याङ्कन क्षमताबाट कुन साधन स्रोतको हकदार आफू हो र अरु हुन् स्पष्ट आत्म ज्ञानको प्रयोग गर्न सक्दछ र मुलुकमा सुशासन हुन सक्छ । यसै ध्येयले मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखाले यस वर्ष १३ सय जनाभन्दा बढीको सहभागिताको विचारसहित नमूना विद्यालय, प्राविधिक शिक्षा महाविद्यालय र विश्वविद्यालय तहका सरोकारवालाका शैक्षिक सेवासुविधा, सहुलियत र छात्रवृत्तिसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन २०७८ तयार गरी अन्तिम रुपमा पुराएको छ । आशा छ, राज्य, सरकार तथा आम बुद्धिजीवि वर्गले यसको उपयोगबाट देश र जनताप्रति न्याय गर्ने छन् । ईश्वरीप्रसाद पोखरेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।