काठमाडौं/१३ चैत-२०२४ साल वैशाख १ गते संखुवासभाको खाँदबारी नगरपालिकामा जन्मेका पुरीले आर्थिक अभावकै कारण १४ वर्षको उमेरसम्म चप्पल लगाउन पाएनन् । विद्यालयमा अध्ययन गर्दा दालचिनी बेचेर खर्चको जोहो गर्ने पुरी एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर आए । उनले विराटनगरमा रोजगारी नपाउँदा निकै संघर्ष र दुःख गर्नु पर्यो ।
सानै देखि संघर्ष गर्दे आएका र जिवनमा अभाव के हो भन्ने कुरा राम्रोसँग बुझेका उनि प्रष्ट वक्तापनि हुन । हक्कि स्वभाव र आटेको काम जसरी भएपनि पुरा गर्नुपर्छ भन्ने दृण संकल्प उनिसँग छ । अहिले उनले एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज, एम्स कलेज विराटनगर र पाथिभरा स्कुल इटहरी लगायत शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन् । यो सँगै सयौँलाई रोजगारी दिन सफल भएका छन् ।

त्यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) को १४ औँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचन टीकाराम पुरी २०५४ सालबाट मोरङको कार्यसमिती सदस्य हुदै सङ्गठनमा प्रवेश गरेका थिए । दुई कार्यकाल प्याब्सन मोरङ्को सचिव र दुई कार्यकाल मोरङ् जिल्लाको अध्यक्ष, दुई कार्यकाल केन्द्रीय कार्यसमितिको उपाध्यक्ष, एक कार्यकाल प्याब्सन पूर्वाञ्चलको प्रमुख सल्लाहकार र एक कार्यकाल केन्द्रीय कार्यसमितिको सल्लाहाकार हँुदै २०७५ सालमा प्याब्सनको १४ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु सफल भए ।
प्याब्सनमा आबद्ध भएदेखि नै निजी विद्यालयको हक अधिकारको रक्षा , लगानिको सुरक्षासहितको एजेण्डामा बहस गर्दै आएका पुरीले २०६५ सालमा प्याब्सन केन्द्रीय कार्यसमितिबाट उत्कृष्ट जिल्ला अध्यक्षबाट सम्मानित भए । २०६० मा नेपाल सरकार शिक्षा मन्त्रालयबाट शिक्षा सेवा पदक, नेपाल सरकारबाट २०६८–२०७० पूर्वाञ्चल क्षेत्रिय सिल्ड (एभरेष्ट मावि लाई),राष्ट्रिय शिक्षा सिल्ड २०७४ लगायत विभिन्न सम्मान तथा पुरस्कारहरुबाट सम्मानित भइसकेका छन् ।

प्याब्सनलाई सात वर्षपछि बैधानिकता दिन सफल :
तीन वर्षे कार्यकालमा संगठनलाई मजबुँद बनाउन सफल भए । विभिन्न चुनौतिहरु सामना गर्न डटेर लागेका पुरीले संगठनलाई पुर्ण व्यवसायिक, पारदर्शी र प्रज्ञिक हिसाबले सञ्चालन गरे ।
२०६८ सालदेखि प्याब्सनको नवीकरणसमेत भएको थिएन् । सङ्गठन व्यवाहारमा देखिने तर कानुनी रुपमा नरहेको अवस्था थियो । नवीकरण नभएका कारण कतिपए जिल्लामा बैंक खाता खोल्नसमेत समस्या भैसकेको थियो । प्याब्सन जस्तो संस्था नवीकरण नै नभई चलिरहेको छ भन्दा कसैले पत्याउन नसक्ने अवस्था थियो । उनि अध्यक्ष भएपछि नविकरण प्रक्रिया सम्पन्न भयो । करिब गैरकानुनी भइसकेको प्याब्सनलाई सात वर्षपछि बैधानिकता दिइयो ।
प्याब्सन ३० औं वर्ष सम्म आईसक्दा पनि आफ्नो भवन थिएन । यस भन्दा अगाडि राजेश खडका अध्यक्ष हुँदा केन्द्रीय कार्यसमितीले खुमलटारमा भवन बनाउँनका लागि २५ आना जग्गा खरिद गरिएको थियो । तर, भवन भने थिएन । साँघुरो बाटोको कारण खुमलटारको जग्गामा भवन बनाउन सक्ने अवस्था नभएपछि स्थायी संरचनाका लागि खुमलटारको जग्गा बेचेर सुबिधानगरमा १४ आनामा बनेको साढे तीन तले घर करीब १४ करोडमा खरिद गरे ।

आफ्नै स्वामित्वमा रहेको घरमा कार्यालय सञ्चालन गर्ने प्याब्सनको लामो समयदेखिको सपना उनकै कार्यकालमा पुरा भयो । यो सँगै संगठनको विधान संशोधन लगायतका अन्य उपलब्धि पनि उनकै कार्यकालमा भएका छन् । संगठनको दिगोपनाको हिसाबले यसलाई ठुलो उपलब्धि मान्नुपर्छ । प्याब्सन मोरङले पनि उनकै कार्यकालमा स्थायी संरचना बनाएको थियो ।
नीतिगत उपलब्धि :
निजी विद्यालयमैत्री नीतिगत व्यवस्था गर्नु सबैभन्दा ठुलो चुनौति देखेका थिए । तर बारम्बार सरकरसँग गरिएको बहस र छलफलले निजी विद्यालयको भूमिका र महत्वबारे बुझाउन सफल भए, फलस्वरुप सरकारले निजी विद्यालयहरुसँग हातेमालो गरेर अगाडि जान तयार भयो ।
उनकै कार्यकालमा उच्चस्तरीय शिक्षा आयोग गठन गर्दा आयोगमा सङगठनका तर्फबाट प्रतिनिधित्व नगराईएको अवस्था थियो । त्यति नै बेला आयोगले निजी विद्यालयलाई नियोजन गर्ने गरी सरकारलाई प्रतिवेदन बुझायो । तर, आयोगको प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्यो भने निजी शिक्षाको लगानि डुब्बन सक्ने देखेर उनको अगुवाईमा सङगठनले सिधै तत्कालीन प्रधानमत्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा बुझाउन सफल भयो ।
आयोगमा आफ्नो प्रतिनिधित्व पनि नहुनु र अरुले तयार पारेको प्रतिवेदन पनि निजी लगानीमैत्री नभएका कारण सङगठनले सिधै तत्कालिन प्रधानमत्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना गुनासा राख्यो । सङगठनको कुरा सुनेपछि तत्कालिन प्रधानमन्त्री प्याब्सनका कुरामा सहमत हुनुभयो र आयोगमा रहेको विभेदकारी नीतिलाई पर सारेर् निजी स्कुललाई समेत व्यवस्थित गर्नैै गरी राष्ट्रिय शिक्षा नीति जारी भयो ।
अर्कोतर्फ मुलुक सङघीय संरचनामा गएपछि शिक्षा मन्त्रलयले शिक्षासम्बन्धी तीनवटा ऐनको खाका तर्जुमा गर्दै थियो । सङघीय शिक्षा ऐन , प्रविधिक शिक्षासम्बन्धी ऐन र उच्च शिक्षासम्बन्धी छाता ऐन । विगतमा गरेका सङघर्ष र वकालतकै कारण तीनेवटा ऐन निमार्णसम्बन्धी प्राविधिक समितीमा प्याब्सनको पनि प्रतिनिधित्व गराउँन सके । प्याब्सनका सुझाब समेटेर ऐनको खाका बनेपनि संसदमा जान भने पएन । तर, नीति निमार्णको तहमा प्याब्सनको प्रतिनिधित्व सुनिश्चित गर्न र कुरा राखे कै कारणले ऐन आउँदा प्याब्सनलाई बाइपास गरेर नआउने अवस्था सुनिश्चित गर्न सके । यसलाई नीतिगत उपलब्धि मान्नुपर्छ ।
निजी विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले बाँकी अध्ययनका लागि सरकारी छात्रवृत्ति मध्ये ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न नपाउने विभेदकारी नीति हटाउन पहल गर्दागर्दे टुङगोमा पुर्याउन नसकेपछि आगामि नेतृत्वले यो सपना पुरा गर्ने आशा उनले राखेका छन् । साथै विद्यालयलाई अध्ययन र अनुसन्धानको क्षेत्रमा केन्द्रीत गराउन, निजी विद्यालयहरुले शिक्षालाई सिप संस्कार र प्रविधिसँग जोड्न्ने नीति बनाउँन र शिक्षा क्षेत्रको विकास र दक्ष जनशक्ती उत्पादनका लागि अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्न राज्यलाई सघाउनुपर्ने जस्ता कामहरु आगामि दिनमा प्याब्सनले गर्नुपर्ने उनको भनाई छ ।
पुरीको ‘खाली खुट्टा’ सार्वजनिक :

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक गरियो । महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पुस्तकको विमोचन गरेका थिए ।
संखुवासभाको खाँदबारीदेखि उच्च शिक्षाका लागि विराटनगर आएको र नेपालकै उत्कृष्ट विद्यालय बनाउँन उनले गरेको संघर्ष तथा अनुभवहरुलाई पुस्तकमा जस्ताको त्येस्तै समावेश गरिएको छ । साथै बाल्यकालदेखि प्याब्सनको नेतृत्वमा पुगेर गरेका संघर्ष पुस्तकमा पढ्न पाइन्छ ।
पुस्तकभित्र आर्थिक अवस्थाका कारण १४ वर्षको उमेरसम्म चप्पल लगाउन नपाएको, विद्यालयमा अध्ययनका लागि दालचिनी बेचेर खर्चको जोहो गरेको, एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर आएको र रोजगारी नपाउँदा गरेको संघर्षदेखि सयौंलाई रोजगारी दिने संस्थाको नेतृत्व गर्दाको अनुभवलाई खाली खुट्टमा समावेश गरिएको छ ।



