निमास एजुकेशन १४औं वर्षमा प्रवेश

काठमाडौं /१३ चैत-उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको निमास एजुकेशन प्रा.लि. १३ वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ ।


काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको कम्पनीले वार्षिकोत्सवको अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा ५० प्रतिशत छुट प्रदान हुने घोषणा समेत गरेको छ । प्रालिका निर्देशक सरोज थापाको निधनका कारण यस वर्ष वार्षिकोत्सवको अवसरमा प्रालिले औपचारिक कार्यक्रम भने गरेको छैन । प्रालिका निर्देशक थापाको निधन भएको वार्षिक पूण्यतिथिको दिन आगामी जेठ ७ गतेसम्म यो अफर जारी रहने प्रालिले जनाएको छ ।


साथै विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि विशेष छुट दिइने जनाएको छ । कम्पनीले अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, युरोप, फिलिपिन्स, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले बताइन । ‘परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट , भाषा शिक्षण र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छौं,’ रिजालले भनिन् ।


निमास एजुकेशन आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको छ । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था हो ।