कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा जेठ १६ गतेदेखि (तालिका सहित)

काठमाडौं /५ चैत-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रर्ण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।


कक्षा १२ को साधरण संस्कृत तथा प्राविधिक विषयको समुह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार नियमित , ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थिहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।


बोर्डले परीक्षा आगामी जेठ १६ गते बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने जनाएको छ । परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले छिट्टै परीक्षा केन्द्र निर्धारण गर्ने जनाएको छ ।