शिक्षक सेवा आयोगको परीक्षामा प्रवेश पत्रसँगै परीचय पत्र बोक्नुपर्ने

काठमाडौं/४ चैत-शिक्षक सेवा आयोग परीक्षामा प्रवेशपत्रको साथ परिचय खुल्ने प्रमाणपत्र लिई परीक्षामा सहभागी हुन भन्दै सूचना जारी गरेको छ ।


शिक्षक सेवा आयोगबाट चैत १५,१७,१९ र २१ गते सञ्चालन हुने आन्तरिक प्रतियोगात्मक परीक्षामा परिचय खुल्ने प्रमाणपत्र लिई परीक्षामा सहभागी हुन भनिएको हो ।


परीक्षामा सहभागि हुने उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकाले सम्पुर्ण उम्मेदवारहरुलाई प्रवेश पत्रका साथमा आफ्नो रिचय खुल्ने नागरिता प्रमाण पत्र वा अध्यपन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जान आग्रह गरेको छ ।