शिक्षक सेवा आयोगद्धारा परीक्षा केन्द्रको नाम र ठेगाना संशोधन

काठमडौं /२ चैत-शिक्षक सेवा आयोग शिक्षा विकास निर्देशनालय कास्कीले परीक्षा केन्द्रको नाम र ठेगाना संशोधन गरेको छ । परीक्षा समन्वय समितिको निर्णय अनुसार परीक्षा केन्द्रको नाम र ठेगाना संशोधन गरेको हो ।


यस अघि पठाएको विवरणमा आयोगबाट माध्यामिक तहको केन्द्रगत रोल नम्बर फागुन ३० गते मा प्रकाशित भएको सूचनामा फरक परेकोले आयोगको चैत १ गतेको निर्णयानुसार केन्द्रको नाम ठेगाना संशोधन गरीएको जनाएको छ ।


संशोधन गरीएको केन्द्रको नाम ठेगानामा कास्की जिल्लाको साविक केन्द्रको नाममा करुणानिधि सिफा मावि बगर रहेकोमा हामल कायम गरीएको केन्द्र सिद्द मावि फलेपाटन रहेको छ । त्यस्तै कुम्दिनी होम्स गैह्रपाटन रहेकोमा जनप्रिय मावि सिमलचौर(ग) कायम गरएिको जनाएको छ ।