काठमाडौं /१ चैत -शिक्षक सेवा आयोगले रोल नम्बर रुजु गर्न सम्पूर्ण उम्मेदवारहरुलाई आग्रह गरेको छ । शिक्षक सेवा आयोगको माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षामा अनलाइन दरखास्त फाराम भर्ने उम्मेदवारहरुलाई रोल नम्बर रुजु गर्न भनिएको हो ।
परीक्षामा सहभागि हुनका लागि दरखास्त दस्तुर बुझाई पौष १० गतेभित्र प्रवेशपत्र डाउनलोड गरि प्रिन्ट गर्नेहरुले पुनः एकचोटी आफ्नो दरखास्तका लागि खोलेको इमेल एकाउन्टमा गई त्यहाँ भएको प्रवेश पत्रमा उल्लेखित रोल नम्बर रुजु गरी यकिन गर्न सम्पूर्ण उम्मेदवारहरुलाई सूचित गरेको छ ।
साथै रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिलेमा नयाँ प्रिन्ट गरी परीक्षामा आउँदा साथमालिइ आउनु हुन समेत भनिएको छ ।




