शिक्षामा महिला नेतृत्व अब्बल, हरेक क्षेत्रमा आधा सहभागिता हुनुपर्नेमा जोड्

काठमाडौं/२६ फागुन-अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शिक्षामा महिलाको भूमिका र नेतृत्व सम्बन्धी अन्र्तक्रिया तथा छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । खबर एजुसकेन अनलाइनको आयोजना र रातो बङ्गला स्कुलको सहयोगमा गरिएको कार्यक्रममा शिक्षा मन्त्रालय, खुला विश्वविद्यालयकी उपकुलपति, शिक्षाविद्, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनु भएका र निरन्तर शिक्षा क्षेत्रमा लाग्नु भएका महिलाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा रातो बङ्गला स्कुलकी डाइरेक्टर डा.शान्ता दीक्षितले आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले महिलाहरु लोग्ने मान्छे भन्दा अफ्ठेरोमा पनि सजिलै बाच्न सक्ने तर्क राख्दै लैङगिक विभेदलाई अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।

पछिल्लो समयमा शिक्षा क्षेत्रमा महिलाको उपस्थिति राम्रो रहे पनि अझै गाउँका विद्यालयहरुमा ट्वाइलेटको समस्या भएकै कारण महिला विद्यार्थी विद्यालय जान अफ्ठेरो भएको, पुरुष भन्दा महिलालाई अवसरबाट वञ्चित गरीएको, घरबाट महिलालई प्रेसर दिने गरेको जस्ता कुराहरुमा समस्या रहेको बताउनु भयो ।

विज्ञान प्रविधि सचिव प्रमिला बज्राचार्यले महिलालाई समाजमा अगाडि बढ्न, प्रतिष्ठा बढाउन पुरुषको पनि सहभागिताको त्यतिकै आवश्यक रहेको धारणा राख्नु भयो । सरकारले निजामति सेवामा प्रसुति विदामा पनि महिलालाई सहयोग गर्न पुरुषलाई विदा दिनेगरेको उदाहरण दिँदै “महिला र पुरुष विचको लैङ्गिक विभेदको अन्त्य गर्न हरेक कुरामा महिला र पुरुषको समान सहभागिताको आवश्यक रहेको छ” उहाँले भन्नु भयो ।


खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्यले पछिल्लो समय गाउँ गाउँका महिलाहरुमा चेतना खुलेको बताउँदै अबको शिक्षा रोजगारी मुलक, बजारको आवश्यक अनुसार परिमार्जन र विकास गर्दे लैजानुपर्ने र त्यसमा महिला सहभागितालाई बढाउन आवश्यक रहेको भनाई राख्नु भयो । उहाँले उच्च शिक्षाको तथ्याङ्कलाई हेर्दा एनओसि लिने मध्ये २५ प्रतिशत महिला विदेश अध्ययनमा जाने गरेको जानकारी दिँदै अब बन्ने उच्च शिक्षाका नितीहरुमा जिवन जिउने शिक्षालाई महत्व दिनु पर्ने धारणा राख्नु भयो ।


त्यस्तै शिक्षाविद् डा. गिता खरेलले पाठ्यक्रमलाई महत्वका साथ हेरिनुपर्ने र महिला, पुरुषको विभेद नहुने गरी पाठ्यक्रम निर्माण गनुपर्नेमा जोड दिनुभयो । साथै निती निर्माण तहमा महिलाको सहभागिलालाई बढउनुपर्ने र राजनितिमा समेत आधा सहभागिता हुनुपर्ने भनाई राख्नु भयो ।


सि.जे.एम्सी कलेजकी सञ्चालक डा. मञ्जु मिश्रले आफु महिला भएकै कारण केहि कलेजले पढाउनबाट वञ्चित गरेकाले आफु कलेज खोल्न बाध्य भएको स्मणर गर्दे कसैको भरमा नपरी आफुले आफ्ना लागि आफै गर्नुपर्ने बताउनु भयो । भन्नु भयो “मलाई महिला भएकोमा गर्व छ । केही गर्नका लागि महिला आफै अगाडि बढ्नु पर्छ ।”

महिलाहरुले सबै काम गर्ने सक्ने र प्रतिस्पर्धाबाटै नेतृत्वमा जान सक्ने भएकाले आरक्षणको खाँचो नरहेको नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताउनु भयो । उहाँले केहि व्याक्तिहरुले महिला भएर नेपाल शिक्षक महासङ्घको नेतृत्व गर्न सक्नु हुन्छ भन्ने जस्ता प्रश्न गर्ने गरेको बताउँदै महिलाहरुले सबै काम गर्न सक्ने हुनाले आरक्षणको खाँचो नरहेको प्रष्ट पार्नु भएको हो ।


साथै शिक्षकका समस्यालाई समाधान गर्न आवज उठाइरहेको जानकारी गराउनु भयो । अब विद्यालयमा महिला प्रधानाध्यापक बनाउनुपर्नेमा लडाई लडिरहेको र सबैले यसमा साथ दिन् आग्रह गर्नुभयो ।


बालविशेषज्ञ सानु अमात्यले महिलाहरुले राजनिति भन्दा रणनिति बनाएर अगाडी बढ्नुपर्ने भनाई राख्नु भयो । महिलाहरु पार्टिगत भन्दा पनि सत्यतालाई चिरेर भूमिका र नेतृत्वलाई लिएर अगाडि बढ्नुपर्ने बताउनु भयो । शिक्षामा महिला नेतृत्व विकासका लागि गुरुकुल शिक्षा देखि अहिले सम्मको शिक्षालाई विश्लेषण गर्नुपर्ने खाँचो रहेको भन्दै महिलाहरु आफ्नो निर्णय आफै गर्न सक्ने बन्नु पर्नेमा जोड दिनु भयो ।

प्याब्सन उपाध्यक्ष दीपिका थापा रिमालले हाम्रा धर्म र ग्रन्थहरुमा नै पुरुषको नेतृत्वमा महिलाहरुलाई राख्दै आएको प्रशंग गर्दे परीवर्तनका लागि महिला नै अग्रसर हुन आग्रह गर्नु भयो । समाज र घर भित्रका विभिन्न व्यवहारका कारण महिलाले आफ्नो परिचय खोज्नु परेको उहाँको भनाई थियो ।


आफु प्याब्सन केन्द्रमा तिन पटक सम्म उपाध्यक्षमा बस्नु परेको बताउदै अब नेतृत्वमा जान लागि परेको र महिलाले महिलालाई सहयोग गर्न आग्रह गर्नु भयो । प्याब्सन महाधिवेशनको कुरालाई जोड्दै भन्नु भयो “महिलाले पनि नेतृत्व गर्न सक्छन, विभिन्न वाहानामा महिलालाई पछि पार्न पाइदैन ।”


घर भित्रै पनि महिलाबाट महिलानै हेपिएका कारण पछाडि परिएको बताउँदै अगाडी बढ्नका लागि यस्ता कुराहरुलाई व्यवस्थित गर्न खाँचो रहेको प्याब्सन केन्द्रीय सचिव संगिता सिलवालले भनाई रहेको थियो । श्रीङ्गार घर स्कुल अफ व्युटिसिएनकी फाउण्डर प्रिन्सिपल सुष्मा श्रेष्ठ रावलले औपचारीक शिक्षा सँगै अनौपचारीक शिक्षामा र प्राविधिक शिक्षामा महिलालाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । रिङ्कु ढकालले अहिले नेतृत्व गर्ने महिलाहरुले अबको पुस्तालाई आफु सँगसँगै शिक्षा दिनुका साथै नेतृत्व गर्नसक्ने क्षमता विकास गर्नका लागि सिकाउनुपर्ने विचार राख्नु भयो ।


न्यु मिलिनियम स्कुलकी कोअर्डिनेटर कविता अर्यालले विद्यालय तहमा ५० प्रतिशत भन्दा बढी पहँुच महिलाको रहेको र उच्च शिक्षामा पनि यसलाई बढाउन आवश्यक रहेको बताउनु भयो । महिलाहरुमा सबै कुरा गर्न सक्ने क्षमता रहेकोमा महिला भएकोमा घमण्ड गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल समाजशास्त्र एशोसिएसनकी सचिव रादीका दाहालले पुरुषलाई गालि गरेर होइन आफुहरुलाई हरेक कुरामा अपडेट गरेर अगाडी बढ्नुपर्ने धाराणा व्याक्त गर्नुभयो । ३० प्रतिशत हक अधिकार र समावेशिको लागि भन्दा नेतृत्वका लागि शिक्षा सँगसँगै राजनितिमा पनि लाग्नु पर्ने विचार राख्नु भयो ।


संस्कृति इन्टरनेशनल स्कुलकी फाउण्डर डाइरेक्टर दीप्ति क्षेत्री आचार्य र निसर्ग बाटिका एण्ड एक्स्पेरिमेन्टल लर्निङ्ग स्कुलकी प्रिन्सिपल कामना रेग्मीले महिलाहरुलाई प्राविधिक शिक्षामा केन्द्रित गर्नुपर्ने र महिला र प्रविधिलाई महत्वका साथ अगाडि बढाउनु पर्ने विचार राख्नु भयो । त्यसैगरी दुबै जनाले नारी दिवस नै मनाउन नपर्ने गरी काम गर्नु पर्ने बताउँदै परिवर्तनका लागि शिक्षाले नै सम्भव हुने धारणा राख्नु भयो ।


समाजमा अहिले पनि ज्वाईका लागि छोरी पढाउने चलन रहेको बताउँदै यस्ता विचारलाई परिवर्तन गर्न खाँचो रहेको र छोरीकै लागि पढाउनु पर्छ भन्ने धारणाको विकास गर्न आवश्यक रहेको शिक्षा मन्त्रालयकी शाखा अधिकृत शुशिला अर्यालको भनाई थियो । उहाँले भन्नु भयो “जबसम्म कमाउन सक्ने र आर्थिक रुपमा सवल बनाईदँैन तवसम्म महिलाको शसक्तिकरण हुँदैन ।”

इम्पेरीयल वल्र्ड स्कुलकी डाइरेक्टर जुनिता शाहि कार्कीले शिक्षामा नेतृत्व गरिरहेका महिलाहरुले विद्यालय शिक्षादेखिनै लैङ्गिक समानताका लागि भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो । अन्य क्षेत्रमा महिलाहरुको सहभागिता कम रहे पनि शिक्षामा बढी रहेको बताउँदै यसलाई नेतृत्व सहित अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।


शिक्षा नितीलाई नै परीवर्तन गर्नुपर्ने बताउँदै यस्ता सवालहरुमा बालकक्षा देखिनै अध्यापन गराउँन आवश्यक रहेको मन्टेस्सरी एशोसिएसनकी केन्द्रीय अध्यक्ष सुष्मा सुब्बा लामाले बताउनु भयो । उहाँले असम्भव केही नरहेको र नारीहरुले आफ्ना हरेक कुरामा निरन्तरता दिनुपर्ने भनाई रख्नु भयो ।


डि.भि एजुकेशन (ट्रिटन,सेफर्ड,शुभश्री कलेज)की सिओओ ऋतु न्यौपानेले जहाँ आईडीया उत्पादन हुन्छ त्यहाँ महिलालाई पछि पारिने भएकाले निती निमार्णमा नै महिललाले भूमिका खेल्नु पर्ने र नेतृत्व लिनुपर्ने बताउनु भयो । साथै शिक्षासँगै महिलाले म गर्न सक्छु भन्ने भावनाका साथ अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।