काठमाडौं /१० फागुन-विद्यालय कर्मचारीहरुलाई हालको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी शिक्षक सेवा आयोगबाट आन्तरिक प्रस्पिर्धामा स्थायी गर्ने र परीक्षामा उमेरको हद नलाग्ने सहमति भएको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ विच भएको ५१ बुँदे सहमतिमा विद्यालय कर्मचारीलाई आन्तरिक प्रस्पिर्धामा स्थायी गर्ने र परीक्षामा उमेरको हद नलाग्ने सहमति भएको हो ।
त्यसैगरी गाभिएका विद्यालयका कर्मचारीको पदमा निरन्तरता र साठी वर्ष उमेर पुगी अवकाश भएका कर्मचारीलाई कानुनमा व्यवस्था गरी सुविधा दिने सहमति भएकको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षकमहासंघका प्रतिनिधि बीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
अन्य सहमतीका मुख्य बुँदाहरु यसप्रकार छन् :
१. शिक्षामा २०% लगानी गर्ने ।
२. सबै तहका शिक्षा सरोकारका समितिमा महासङ्घको अनिवार्य प्रतिनिधित्व हुने ।
३. शिक्षण काउन्सिलको व्यवस्था
४.स्थानिय र प्रदेशमा बन्ने ऐनमा एकरुपता गराउन आधारभूत कुरामा सङ्घीय ऐनले निर्देशन गर्ने ।
५. वि.व्य.स. गठनमा एकरुपता हुने
६.संवैधानिक शिक्षक सेवा आयोग, संवैधानिक शिक्षा आयोग तथा अनुसूची– ९( साझा अधिकार सूची) मा लैजाने कुरा सुझावको रुपमा सरकार समक्ष पेश गर्ने ।
७. अधिकार बृध्दि सहित जिल्ला शिक्षा कार्यालयको स्थापना
८. कोरोनाबाट निधन भएका शिक्षक–कर्मचारीलाई निजामती सरह राहत प्याकेज ।
९. शिक्षक अस्पतालको काम शीघ्र सम्पन्न गर्ने ।
१०. सेवा निवृत्त शिक्षकको पेन्सन पट्टाको नवीकरण जिल्लाबाटै हुने ।
११. शिक्षक किताब खानामा दरबन्दी बढाउने र किताबखाना परिसर बाहिर बस्ने ठाउँको उचित प्रबन्ध गर्ने ।
१२. द्वन्द पीडित शिक्षकको समस्या समाधान गर्ने ।
१३. महासङ्घको सहभागितामा शिक्षक आचारसंहिताको निर्माण गरिने ।
१४. सिकाई उपलब्धी बृध्दिको प्रतिबध्दता प्रकट ।
१५. २०७५ फाल्गुण ९ को सम्झौतको निरन्तरता ।
राहत, सविक उमावि , बालकक्षा शिक्षक तथा अस्थायी प्रकृतिका अन्य शिक्षक बारे :
.१.राहत, साविक उमावि र बाल कक्षा शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक÷खुला प्रतियोगिताद्वारा स्थायी गर्ने र कार्यरत शिक्षकलाई आयोगको परीक्षामा उमेरको हद नलाग्ने ।
२. शैक्षिक अनुदान, प्राविधिक धार र विशेष शिक्षाका शिक्षक दरबन्दीलाई क्रमशः स्वीकृत दरबन्दीमा परिणत गर्ने ।
३ अस्थायी प्रकृतिका शिक्षकको पनि कार्य सम्पादन मूलायङ्कन गर्ने व्यवस्था गर्ने ।
स्थायी शिक्षक बारे :
१. एउटै तहमा १५ वर्ष काम गरेका र एकपटक पनि बढुवा नभएका शिक्षकको सामूहिक बढुवा गर्ने ।
२.शिक्षकको बढुवामा विशिष्ट, प्रथम द्वितीय र तृतीय गरी चार श्रेणी रहने ।
३. तल्लो तहमा स्थायी भएका र माथिल्लो तहको योग्यता भएका शिक्षकका लागि हरेक पटक आयोग खुल्दा निश्चित कोटा आन्तरिक प्रतिस्पर्धाका लागि छुट्याउने ।
४. उमेर ५० नाघेका र स्थायी सेवा १५ वर्र्ष पुरा भएका शिक्षकले अस्थायी सेवाबाट ५ वर्ष जोडी पेन्सन सहित अवकाश लिन सक्ने ।
५. उमेर ६० प्ग्दा पेन्सनका लागि अवधि अपुग भएका अस्थायी सेवाबाट बढीमा १० वर्षसम्म थपी निवृत्तीभरण पाउने व्यवस्था ।
६.सोझै प्रावि द्वितीय र नि.मा. द्वितीय मा स्थायी भएका र सोही तहबाट बढुवा भएका शिक्षकलाई माध्यमिक तहको समान पदमा समायोजन गर्ने ।
७. ग्रेड को विभेद हटाउने र एकवर्ष पुग्नासाथ ग्रेड दिने ।
८. दश दिने पर्यटन काज , स्वास्थ्य विमा र दुर्घटना विमाको व्यवस्था निवामती सरह हुने ।
९. आयोगबाटै छुट्टै प्र.अ. पदको प्रबन्ध र तलवको १५% प्र.अ. भत्ता ।
१०. प्राज्ञिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम ।
११. प्रसूती विदामा सट्टा शिक्षकको प्रबन्ध ।
१२. दुर्गम क्षेत्रलाई निजामती सरह दुर्गम भत्ताको प्रबन्ध ।
विद्यालय कर्मचारी :
१. हालको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी शिक्षक सेवा आयोगबाट आन्तरिक प्रस्पिर्धामा स्थायी गर्ने र परीक्षामा उमेरको हद नलाग्ने ।
२. गाभिएका विद्यालयका कर्मचारीको पदमा निरन्तरता ।
३. साठी वर्ष उमेर पुगी अवकाश भएका कर्मचारीलाई कानुनमा व्यवस्था गरी सुविधा दिने ।



