काठमाडौं /१० फागुन-शिक्षक सेवा आयोगले बागमती प्रदेशको माध्यमिक तथा निम्न माध्यमिक तह नेपाली र अंग्रेजी विषयको तृतिय श्रेणीको खुला प्रतियोगितात्म परीक्षा चितवनमा गर्ने भएको छ ।
२०७८ मंसिर २९ र पुष ७ गतेको सूचनाअनुसार माध्यमिक र निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षा प्रदेशस्तरमा आगामी चैत्र १५ र १७ गते दिनको ११ बजे मकवानपुरमा सञ्चालन हुने भनिएकोमा भौतिक पूर्वाधार नपुग भएकोले परीक्षा चितवनमा गर्ने भएको हो ।
परीक्षा समन्वय समिति हेटौंडाको मिति २०७८ फागुन २ को बैठकले मकवानपुर जिल्लामा भौतिक पूर्वाधार नपुग भएकोले माध्यमिक र निम्न माध्यमिक तहको नेपाली र अंग्रेजी विषयको परीक्षा चितवन जिल्लामा गर्ने र बाँकी विषयको परीक्षा पूर्ववत सूचना अनुसार मकवानपुर जिल्लामा नै सञ्चालन हुने आयोगले जनाएको छ ।




