काठमाडौ /५ फागुन– केही महिना यता बेलायत अध्ययनमा गएका विद्यार्थी इमिग्रेशनबाटै र्फकाइएको खबर धेरै आइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने उदेश्य बोकेर गएका विद्यार्थी राम्रो परामर्श र जानकारी नपाएकै कारण बेलायत अध्ययनमा जाँदा एयरपोर्टबाटै फर्कन बाध्य छन् ।
विद्यार्थीहरुलाई विभिन्न गलत जानकारी दिने, गलत प्रचार प्रसार गर्ने र कतिपय आवश्यक डकुमेन्ट समेत नक्किलि बनाएर विद्यार्थी र राज्यलाई छल्दै आएका केही शैक्षिक परामर्श संस्थाहरु र त्यसमा सहभागी भई सहयोग गर्ने विदेशी शैक्षिक संस्थाका केही प्रतिनिहरुका कारणले शैक्षिक परामर्श क्षेत्रको बदमान मात्रै हइन देश कै बद्नाम गराइरहेका छन् ।
बेलायतको नो आईईएलटिएसको प्रचार प्रसारका कारण विद्यार्थीको ओईरो लाग्नुले उच्च शिक्षा लिन भन्दा बेलायत छिर्नका लागि सहज माध्यमका रुपमा प्रयोग गर्दा आज बेलायतमा करीब दुईसयको हाराहारीमा नेपाली विद्यार्थीहरु असाईलम दिएर बस्न बाध्य भएका छन् ।
अंग्रेजी भाषामा दक्ष नहुनु, विश्वविद्यालय र आफुले पढ्ने कोर्सको बारे राम्रो जानकार नहुनु, बैंकमा प्रायाप्त मात्रमा व्यालेन्स नहुनु, आर्थिक रुपमा सबल नहुनु, बेलायत पुगेर बस्ने खाने ठेगान नहुनु र बनाइएका डकुमेन्ट नक्कलि हुनु लगायतका विविध कारणले विद्यार्थीहरु बेलायत पुगेर अलपत्र पर्ने गरेको र असाईलम दिन बाध्य भएको बेलायतमा विद्यार्थीहरुलाई सहयोग गर्दे आइरहेका केही व्याक्तिहरुको भनाई छ ।
उनिहरुका अनुसार आफ्नो देश फर्कउँ सामाजिक प्रतिष्ठा गुम्ला भन्ने डर, ऋण काडेर भएपनि ठुलो धन खर्च गरेर आएको कसरी तिर्ने सकिएला भन्ने पिर, घरमा बाबु आमालाई, इष्टमित्रलाई के भन्ने जस्ता कुराका कारण विद्यार्थीहरु फर्कनु भन्दा जतिदिन बस्न पाइन्छ त्यतिदिन बस्छु भन्ने सोचका कारण आसाइलम दिने गरेको बताए । यस्ता विभिन्न कारणले विद्यार्थीहरु मानसिक तनाबमा रहने उनले खब एजुकेशनलाई जानकारी दिए ।
बेलायतमा मात्रै होइन सहि परामर्श र जानकारी नपाएकै कारण विद्यार्थीहरु विदेश अध्ययनमा गईसके पछि अलपत्र पर्ने गरेका उदाहरण धेरै छन् । केही वर्ष अगाडी अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीहरु पनि समस्यामा परे र केही विद्यार्थीहरु फर्किए, केहीलाई पछि उतै मिलाईयो । केही शैक्षिक परामर्श संस्था र विदेशका विश्वविद्यालय वा भेट कलेजका प्रतिनिधिको मिलेमातोमा विद्यार्थीहरुलाई लगेर अलपत्र पारेका कारण अध्ययनका लागि गएका विद्यार्थीहरु ती देशबाट फर्केको र अलपत्र पारेको अवस्था धेरै छ । युक्रेन, साउथ कोरिया, बङ्गलादेश, बेलायत, अस्ट्रेलिया जस्ता मूलुकमा गएका विद्यार्थी अलपत्र परेका खबर र समाचारहरु बेलाबेलामा आइरहन्छन् । त्यहाँ विद्यार्थी तथा अभिभावकहरुको लगानी समेत फस्ने गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जानु कुनै नौलो कुरा होईन, तर विद्यार्थीहरुले कस्तो परामर्श पाइरहेका छन्, कस्ता व्यक्तिले परामर्श दिइरहेका छन् र कुन प्रकृयाबाट कसरी विदेश अध्ययनमा गइरहेका छन्, यो विषयमा सरोकार पक्ष र राज्यले गम्भिर रुपमा ध्यान दिन जरुरी छ ।
यसरी विदेश अध्ययनमा जाने विद्यार्थीहरुको सहजिकरणका लागि शैक्षिक संस्थाहरुको जानकारी लिन र परामर्श दिनका लागि नेपाल सरकारले शैक्षिक परामर्श संस्थाहरुलाई अनुमति प्रदान गरेको छ । त्यसमा पनि विद्यार्थीलाई परामर्श दिने व्यक्ति सरकारले तोके अनुसार अनिवार्य तालिम गरेको हुनुपर्छ । वर्षेनि ५० हजार भन्दा माथी नेपालीहरु विदेश अध्यनमा जाने गरेका छन् ।
२०७४ माग यता भने सरकारकै विभिन्न कारणले नविकरण र नयाँ दर्तालाई रोकिएको छ । पछिल्लो समय शैक्षिक परामर्श संस्थाहरुलाई नियमनका लागि सरकार नियमावली बनाउने प्रक्रियामा रहेको र नियमन कै लागि एक करोड बराबरको धरौटी अनिवार्य राख्नुपर्ने सरकाको भनाइ छ । तर सरकारको अनुमति बिना नेपालमा रहेर विदेशी कलेजको काम गर्ने व्याक्तिहरुलाई पनि सरकारले नियमन गर्नुपर्ने देखिन्छ ।
कुनै सम्पर्क अफिस बिना काम गर्छन कलेजका प्रतिनिधि
शैक्षिक परामर्श क्षेत्रलाई अस्त व्यास्त बनाउने र यस्तो वातावरण सिर्जना हुनुमा शैक्षिक परामर्श संस्थाहरुको मात्र दोष देखिदैन । कलेजको कन्ट्रि म्यानेजर वा कुनै शैक्षिक संस्थाको प्रतिनिधि हँु भन्दै शैक्षिक परामर्शको दैलो दैलोमा चाहार्ने र विद्यार्थीलाई विभिन्न प्रलोभन देखाउँदै विदेशि विश्वविद्यालय र कलेजको बारेमा जानकारी दिने प्रतिनिधि वा कलेजका लागि काम गर्ने विदेशी संस्था अहिले नेपालमा धेरै छन् ।
उनीहरुको नेपालमा न त अफिस छ, न कानूनी हिसाबले दर्ता नै भएका छन् । उनीहरुले विद्यार्थीहरुलाई सहि परामर्श नै दिएका छन् भनेर मापन गर्ने न कुनै आधार छ, न उनीहरु विश्वविद्यालय वा कलेजका जिम्मेवार व्यक्ति नै हुन् । ति व्यक्ति तथा संस्थाहरुले विद्यार्थी अलपत्र परेको अवस्थामा जिम्मेवारी पनि लिदैनन् । नत विद्यार्थी अलपत्र परेको बेलामा राज्यले समात्ने कुनै निकाय छ ।
विद्यार्थीलाई विदेश अध्ययनमा पठाउन आफू अगाडी नदेखिने तर शैक्षिक परामर्श संस्थालाई अगाडी सारेर विद्यार्थी भेला पार्ने र शैक्षिक परामर्श संस्थाकै आडमा नेपालमै रहेर कलेजको प्रतिनिधि मँै हुँ, हामीले भने पछि कलेजले मान्छ भन्दै देशभरका शैक्षिक परामर्श संस्थाहरुमा पुगेर विद्यार्थीलाई परामर्श दिने, विभिन्न सेमिनार आयोजना गर्ने, आफू खुसी विज्ञापन गर्ने र विद्यार्थीलाई भेला पार्ने जस्ता काम गरीरहेका छन् ।
“शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३” ले नेपाली नागरीक बाहेक अरुलाई शैक्षिक परामर्शका रुपमा काम गराउनुपर्ने भए सोको लागि मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट अनुमति लिनुपर्ने उल्लेख गरीएको छ । परामर्श दिनका लागि पनि परामर्श दाताले मन्त्रालयले तोकेको तालिम लिएको हुनु पर्छ ।
तर मन्त्रालयको निर्देशिकालाई छल्दै नेपाली नागरीकलाई प्रतिनिधि राखेपछि कुनै झनझटमा परीदैन र सरकारसँग अनुमति लिन नपर्ने भन्दै नेपली प्रतिनिधि नै राख्ने गरेको पाइन्छ । योसँगै शैक्षिक परामर्श संस्थाहरुसँगको मिलेमतोमा उनीहरु नेपालमा गरएिका शैक्षिक मेलाहरुमा समेत उपस्थित भएर विद्यार्थीलाई परामर्श दिने विद्यार्थीहरुको तथ्याङ्क संकलन गर्ने र विद्यार्थीहरुलाई सिधा सम्पर्क गर्ने गरेका छन् । तर यसका लागि पनि सरकार सँग अनुमति लिनुपर्ने हुन्छ ।
साथै सामाजिक सञ्जालको प्रयोग गर्दै आफ्नो शैक्षिक संस्थाको विज्ञापन गर्ने र विद्यार्थीलाई सम्पर्कमा ल्याएर कुनै एउटा शैक्षिक परामर्श संस्थालाई समातेर सेमिनार गर्ने, परामर्श दिने काम समेत निरन्तर गरीरहेका छन् ।
यस सवालमा शिक्षा मन्त्रालयले त्यस्ता प्रतिनिधि गैह्रकानुनी ठहर्ने जनाएको छ । उनिहरु कतै दर्ता छैनन् र अनुमतिविना शैक्षिक परामर्श संस्थाहरुमा पुगेर विद्यार्थी पठाउने काम सक्रिय रुपमा गरेका छन् भने कानुन विपरीत हुने मन्त्रालयको भनाई छ ।
राजस्वमा छलि
नियम अनुसार कुनै पनि संस्थाले कानुनी रुपमा दर्ता नगरीकन र राज्यलाई जानकारी नदिईकन गतिविधि गर्छ भने त्यो गैह्रकानुनी ठहर्छ । गृह मन्त्रालयले केही दिन अगाडी निकालेको विज्ञप्तिलाई हेर्ने हो भने पनि यसलाई सरार गैह्रकानुनी काम ठहरेको बताएको छ । साथै अवैध रुपमा विदेश स्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा काम गर्ने व्याक्तिले त्यस्ता गतिविधि नगर्न गृह मन्त्रालयले निर्देशन दिसकेको छ ।
उनिहरुले नेपालमा बसेर कलेजको काम गरे वापत मासिक ५० हजार देखि २ लाख सम्म तलब लिने गरेका छन् । शैक्षिक परामर्श संस्थाहरु सँग समन्वय गरेर विद्यार्थी पठाए वपत कमिसन पनि लिने गरेका छन् । तर त्यो पैसा सिधै उनिहरुको बैंक खातामा आउने र व्याक्तिगत प्यान लिएर राजस्व तिरेको उनिहरुको दाबि छ । कतिपयको सिधै बैंक खातामा नआएर कमिसन विदेशमै राख्ने र अरु विभिन्न माध्यमबाट पैसा लिने गरेको समेत पाइएको छ ।
शैक्षिक परामर्श संस्थाहरुलाई विभिन्न प्रलोभन वा स्किमको प्रभावमा पारेर कस्ले विद्यार्थी धेरै पठाउने भन्दै होडबाजिनै चल्ने गरेको छ । कुन कलेज, विश्वविद्यालयमा कस्ले कति विद्यार्थी पठाए भन्ने संख्या कसैसँग पनि छैन । कहि कतै दर्ता नभएका कारण उनिहरुले प्राप्त गर्ने कसमिसन र तलबको एकिन हिसाब किताब हुने गरेको पनि छैन जस्ले गर्दा सरकारको राजस्वमा छलि भइरहेको छ ।
केही प्रतिनिधिहरुले शैक्षिक परामर्श संस्थहरुलाई दिने कमिशन अस्ट्रेलियमा रहेको अफिसमै उपलब्ध गराउँदै आएको समेत एक शैक्षिक परामर्श सञ्चालनकले खबर एजुकेशनलाई बताए । उनले भने “कलेजले दिएको जिम्मेवारी पुरा गर्न जे पनि गर्ने गरेका छन् , उनिहरुले विद्यार्थीको भविष्य भन्दा विद्यार्थीको संख्यामा ध्यान दिने र त्यसै अनुसार भएजति विद्यार्थीलाई पठाउने गरेका छन् ।”
यो सँगै विदशी शैक्षिक संस्थाका प्रतिनिधि नेपालमा आउँदा सरकारले तोकेको रकम तिरेर अनुमति लिनुपर्ने हुन्छ तर नेपाली नै राखिएको छ । निर्देशिका अनुसार शैक्षिक मेलामा सहभागि भई परामर्श दिन वा कलेजको बारेमा जानकारी दिनका लागि सरकारलाई राजस्व तिरेर शिक्षा मन्त्रालयसँग अनुमति लिएर मात्रै मेलामा सहभागि हुन पाउँछन् । यसो नगरी उनिहरु सिधै परामर्शका शैक्षिक मेलामा जाने स्टल राख्ने र परामर्श दिने गरेका छन् । यसबाट पनि सरकारले राजस्व गुमाइरहेको छ । साथै नेपालमा रहेर विज्ञापन लगायत विभिन्न प्रायोजनमा गरेको खर्च र आम्दानिको कर तिरेको देखिदैन ।
(यि कलेज वा विश्वविद्यालयका प्रतिनिधिले नेपालमा रहेर काम गर्ने गर्ने गरेका छन् । अरु केही कलेज र विश्वविद्यालयको नाम छुटेकोले अर्को फलोअप न्युजमा बाँकी सबैको नाम र प्रतिनिधि सहितको नामावली प्रकाशित गरीने छ ।)




